एजेन्सी, पछिल्ला केही दिनयता अरुण र बरुण ग्रहमा हिराको अविरल वर्षा भैरहेको वैज्ञानिकहरुले जनाएका छन् ।कहिलेकाहिँ सौर्य परिवारको एक ग्रह पृथ्वीमा पानीको वर्षात हुन्छ । तर यही मण्डलका दुई ग्रहहरु: अरुण र बरुणमा चाहिँ हिराको वर्षा हुन्छ ।
वैज्ञानिकहरुका अनुसार, अरुण र बरुण ग्रहको भित्रि भागमा वायुमण्डलीय चाप अत्यधिक हुने भएकोले इड्रोजन र कार्वनका बण्ड टुट्छ । जसले गर्दा हिरा निर्माण हुन्छ र हिराको वर्षत हुने गर्दछ। यसरी वर्षा भएको हिरा ग्रहको हिम सतहमाथि हजारौं वर्षदेखि जम्मा भइरहेको छ । वैज्ञानिकका अनुसार, अरुण र वरुण ग्रहमा वर्षात हुने हिराको आकार पानि पर्दा आकाशबाट झर्ने असिना अर्थात् सामान्य पत्थर जत्रै हुन्छ ।
अरुण र बरुण ग्रहमा अत्यधिक उच्च वायुमण्डलीय चापका कारण वायुमण्डलमा रहेको मिथेन टुक्रिएर हाइड्रोजन र कार्वन बन्दछ । र उक्त कार्वन अत्यधिक चापका कारण हिरामा परिणत हुन्छ र भुइँमा वर्षिन्छ ।