एजेन्सी, वास्तवमा मानिसहरुले जनावरप्रति सधै घृणा गर्ने गर्दछन् । यदी कसैले जनावरलाई माया गर्छ भने त्यो आफ्नो स्वार्थको लागि मात्र हुनेछ। किनकि जो कोहि मानिसले आफुले पालेको जनावरलाई आफैले काटेर खाने गर्छन। तर, हालै बेलायतको राजधानी लन्डनमा यस्तो घटना घट्यो जुन देखेर जो कोहि मानिसहरु आश्चर्य मानिरहेका थिए।
लण्डनको ट्राफेल्गर स्क्वाएरमा शनिवारको दिन मानिसहरुको चहलपहल बढिरहेको थियो । त्यही समयमा सबै मानिसहरुको ध्यान सडकको बीचमा मान्छेको मासु बेचिरहेका केही व्यक्तिहरुतर्फ गयो । त्यहा केहि मानिसहरुले मान्छेको मासु किन्न अपिल गरिरहेका थिए, भने बिकिनी पहिरिएका रगतले लतपतिएको अवस्थामा युवतीहरूको शरीर सडकमा पल्टाइएको थियो । साथै युवतीहरुको शरीरमा ‘मान्छेको मासु’ भनेर ट्याग लेखिएको थियो।
डाइरेक्ट एक्सन एभि्रह्वेयर नामक संस्थाले आयोजना गरेको उक्त कार्यक्रमको उदेश्य मानिसहरुले जनावरमाथि गर्ने भेदभावलाई हटाउनु थियो । सडकमा त्यसरी लडाइएका शरीरहरु मृत शरीर थिएनन । साथै यस संस्थाले जनावरको प्राणको पनि मान्छेको प्राणको जत्तिकै मूल्य हुन्छ र जनावरलाई पनि बाँच्ने अधिकार हुन्छ भन्ने संदेश दिएका थिए । अभियानकर्मीहरुले सबै मानिसहरुलाई साकाहारी बन्न अपील गर्दै जनचेतना जगाएका थिए ।