एजेन्सी, अहिलेसम्म संसारभर कैयौ मानिसहरुले आत्महत्या गरिसकेका छन्। जसमध्ये केहिले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् भने कहिले नलेखीकन । आत्महत्या गर्ने मानिस सधै हतारमा हुन्छन तर भारतको भोपालकी रेणुका मित्तल नाम गरेकी महिलाले भने वर्षौ लगाएर आत्महत्या गरेकी छिन्। उनले ३ वर्ष पहिलेदेखि नै सुसाइड नोट लेखेर हाल आत्महत्या गरेको अनुसन्धानमा संलग्न प्रहरीले जनाएको छ ।
अरु मानिसको भन्दा उनको आत्महत्या गर्ने शैली फरक देखिन्छ । ३ वर्ष लगाएर सुसाइड नोट लेखिसकेपछि उनले घरको तिन तला माथिको छतबाट हाम फालेर आत्महत्या गरेको भारतीय प्रहरी अनुसन्धानकर्ताले जनाएको छ ।
मृतक रेणुकाले सुसाइड नोटमा आफ्ना परिवारका सबै सदस्यलाई तोकेर उनीहरुको बारेमा आफ्ना धारणाहरु व्यक्त्त गरेकी छिन् । उनको सुसाइड नोटमा लेखिएका कुराहरु हेर्दा प्रहरी नै अचम्ममा परेको छ। यो नोट उनी आफैले लेखेकी हो वा होइन भन्ने विषयमा आशंका भएपछि प्रहरी अनुसन्धान प्रभावित भएको जनाइएको छ ।