एजेन्सी – इन्डोनेसियाको एक भिडियो अहिलेको समयमा सोशल मीडियामा निकै भाइरल भैरहेको छ । इन्डोनेसियाको एक व्यस्त सडकमा एक १० फिट लामो अजिङ्गर अचानक कतैबाट आउछ । एकदम भिडभाडले भरिएको सडक एक्कासी तितरबितर भएर अडिन्छ ।
मानिसहरुले डरले आफ्नो गाडी पनि जहाँको त्यहीं रोकेर बस्छन यताउता सडक छेउछाउका मानिसहरु डरले आत्तिन्छन । त्यसै बेला अचानक एक १० – १२ वर्षको बालक त्यहाँ पुग्छन र अजिङ्गरलाई पक्रने कोसिश गर्छन । सडकको दुई किनारामा भएका मानिसहरुले त्यो खतरनाक अजिङ्गरबाट टाडा भाग्न आग्रह गर्छन तर ति बालक एक्कासी त्यो अजिंगरको वरिपरी घुमेर अनौठो नाच नाच्न लाग्छन अनि त्यसलाई छोप्ने कोसिस गर्छन ।
बालकले केहि बेर साँफको चारैतिर घुमीघुमी अनौठो नाच नाच्छन । त्यस नाचको केहीबेरमा ति बालकलेउक्त साँफको टाउकोमा समात्न सफल हुन्छन । उक्त साँफले निकैबेर सम्म उछल-कूद गर्छ तर बालकले टाउकोमा समातेको हात छोड्दैनन ।