एजेन्सी, मध्यप्रदेशको इन्दौरबाट एक यस्तो खबर बाहिरियो जुन सुनेर जो कोहि अचम्ममा पर्नुहुनेछ । जहाँ विवाहको नाममा महिलाहरुको मालतोल गर्ने गिरोहको ५ सदस्यहरुलाई पुलिसले गिरफ्तार गरेको छ। एसपी शैलेन्द्र चौहानको अनुसार विवाहको नाममा युवतीलाई खरिदबिक्रिको उजुरी आएको थियो। यसको खुलासाको लागि प्रहरीले विशेष टिमद्वारा कदम चाल्यो । पक्रिएका ५ अरोपिहरुमा ३ जना महिला थिए । दुईजना षड्यंत्रकारी महेश पिता कन्हैयालाल चौधरी र मेहरबान पिता भूरेसिंह फरार भएका छन् ।
बेहुलीको नक्कली भाई बनेर मन्दिरमा विवाह गर्ने दिनेश र पुजाको राजस्थानको चित्तौडमा पनि आपराधिक रेकर्ड रहेको छ । दिनेशको अनुसार चित्तौडमा विवाह गराइएबापत १० हजार रुपैयाको लेनदेन गर्ने प्रचलन नै चलिरहेको थियो । शाजापुरमा पनि महेशसँग बिहे गराउनको लागि ७० हजार लिएको कुरा स्वीकार गर्दै भने, युवती दिनलाई छुट्टै रकम लिएका थिए।
पिडित महेशले केहि दिन पहिले बेरछा पुलिसलाई उजुरी गरेका थिए की विवाहको सट्टा ७०,००० रुपैया लिएर श्रीमती भागिईन्। महेशको अनुसार तिन दिनसम्म युवतीले उनको परिवारलाई राम्रो व्यवहार गरिन् । तर विवाह गरेको ४ दिन भएको बिहानै उठेर युवती अन्जान मान्छेको बाईकमा गईन। उनको यो हर्कत देखेर महेशले युवतीमाथि उजुरी गरेका छन् ।