डाक्टरको हस्तलेखन खराब हुनुको यस्तो छ कारण

एजेन्सी – डाक्टरहरुले लेखेका पर्चीहरु पढ्दा कुनै पनि मानिसको टाउको दुख्ने गर्छ । हामीले जति दिमाग लगाएपनि डाक्टरहरुले लेखेको पर्ची पढ्न सक्दैनौं । तर डाक्टरहरुको जानीजानी यस्तो हस्तलेखन लेखेका हैनन् । यस पछाडी पनि कारण छ ।

एउटा अनुसन्धान अनुसार संसारभरी लगभग ७ हजार मानिस डाक्टरले लेखेको अक्षर नबुझेको कारण मर्ने गर्छन । यस बाहेक यो कुराको पनि खुलासा भैसकेको छ कि धेरै चोटी मेडीसियनहरुले डाक्टरको हस्तलेखन नबुझेको कारण गलत औसधि पनि दिने गर्छन ।

यो प्रश्न क्वोरा नामक वेबसाइटमा सोधिएको छ । यस वेबसाइटमा धेरै जसो उत्तरको जवाफ भेटिन्छन । यस प्रश्नका उत्तर पनि स्वयम् डाक्टरले नै दिएका छन् । डाक्टरहरुले खराब हस्तलेखन हुनुको एउटा कारण बताइएको छ । उक्त डाक्टरले लेखेका छन्,’डाक्टर बन्नु अघि धेरै मिहिनेत गर्नु पर्ने हुन्छ । डाक्टरहरुले कम समयमा ठुलो-ठुलो जाँचहरु दिएका हुन्छन । त्यसैले समय बचाउने क्रममा उनीहरुको जहिल्यै छिटो छिटो लेख्ने बानि हुने गर्छ । यसैकारण धेरै जसो डाक्टरहरुको हस्तलेखन एकदमै खराब हुने गर्छ ।

 

 

 

प्रकाशित : बिहिबार, साउन २६, २०७४१३:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

९१ वर्षीया हजुरआमाले पाइन् विश्वविद्यालयको डिग्री !