आज (साउन २३) चन्द्रग्रहण, कुन राशिका लागि शुभ, कुनका लागि अशुभ ?

काठमाडौं, श्रावण २३ अर्थात् आज सोमबार शुक्ल पूर्णिमामा खण्डग्रास चन्द्रग्रहण परेको छ । चन्द्रग्रहणबाट सबै राशिहरू प्रभावित हुन्छन्त । यसबाट केही राशिलाई फाइदा हुन्छ भने केहीलाई बेफाइदा अर्थात् हानी हुने गर्दछ । यो खण्डग्रास चन्द्रग्रहण श्रवण नक्षत्र र मकर राशि भएका मानिसका लागि कष्टप्रद छ । त्यसैले यो राशि र नक्षत्र भएका मानिसले जप, दान गर्नु राम्रो मानिन्छ ।

तल दिईएको १२ राशीफल मध्ये कुन राशिका लागि शुभ र कुनका लागि अशुभ ?
मेष :  मेष राशी हुने मानिसलाई आज सुख र शुभ प्राप्त हुनेछ।
वृष : यो राशी भएकाहरुको मानसम्मानमा कमी हुने देखिन्छ।
मिथुन :  मिथुन राशी भएका व्यक्तिलाई शारीरिक रुपमा कष्ट हुनेछ।
कर्कट : आज कर्कट राशी भएकाहरुको दाम्पत्य जीवन कष्टपूर्ण हुनेछ।
सिंह : यो राशी भएका मानिसको कार्यसिद्धि हुनेछ।
कन्या : आज कन्या राशी भएकाहरुमा चिन्ता तथा तनाव उत्पन्न हुनेछ।
तुला : तुल राशी भएकाहरुलाई रोग तथा भय हुनेछ।
वृश्चिक : वृश्चिक भएकाहरुलाई आज धनलाभ हुनेछ।
धनु : धनु राशी भएका व्यक्तिको धन हानि हुनेछ।
मकर : मकर राशीलाई आजको दिन कष्टप्रद रहेको छ। साथै  चोट र भय हुनेछ ।
कुम्भ : कुम्भ राशी भएकोहरुको पनि धनहानि हुनेछ।
मीन : मिन राशी भएकाहरुलाई भने आज राम्रो रहेको छ। यो राशि भएकालाई धन र लाभ वृद्धि हुनेछ।

प्रकाशित : आइतबार, साउन २२, २०७४१४:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज सन् २०१७ को दोस्रो आंशिक चन्द्रग्रहण लाग्दै, यस्तो मन्त्र जप्दा हुनेछ धन प्राप्ती