भदौ १ बाट १८ वर्षपछि राहु र केतुले राशि परिवर्तन गर्दै, कुन राशिलाई लाभ र कुनलाई खतरा ? जानुस्…

एजेन्सी – हिन्दु धर्म अनुसार बिरलै हुने संयोग १८ वर्ष पछि हुँदैछ।  यहि भदौ महिनाको १ गते राति ९ बजेर ३६ मिनेट जाँदा राहु र केतुले आ-आफ्नो राशि परिवर्तन गरेर कर्कट र मकर राशिमा प्रवेश गर्दैछन् । यस्तो बिरलै हुने गर्दछ अर्थात् धेरै वर्षको अन्तरालमा हुने गर्छ।

यी दूईवटै गृहको राशि परिवर्तनले कर्कट र मकर राशि भएका व्यक्ति प्रभावित हुनेछन् । राहु, केतुले राशि परिवर्तन गर्दा सिंह र कुम्भ राशि भएका व्यक्तिलाई लाभ हुने देखिन्छ । यी दुईवटै गृह यी राशिमा २२ फागुन २०७५ सम्म रहनेछन् । ज्योतिषीका अनुसार भदौ १ गते (भाद्र कृष्ण दशमी) मृगशिरा नक्षत्रमा राहु र केतु राशि परिवर्तन गर्नेछन् । राहु कर्कट र केतु मकर राशिमा प्रवेश गर्ने छन् । कर्कट राशिको स्वामी चन्द्रमा मानिन्छ भने मकर राशिको स्वामी शनिलाई मानिन्छ।

राहु र केतु एक राशिमा १८ महिनासम्म रहन्छन् । त्यसपछि दोस्रो राशिमा प्रवेश गर्छन् । १२ राशि परिवर्तन गर्नमा यी दुई गृहलाई पूरा १८ वर्ष लाग्छन् । राहु र केतु यी दुई ग्रह सधैं बिपरित अर्थात् उल्टो चल्ने गर्छन । यी दुई राशी एक अर्काको विपरित १८० डिग्रीको कोणमा सधैँ रहने गर्दछन् ।

प्रकाशित : शुक्रबार, साउन २०, २०७४१३:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज (साउन २३) चन्द्रग्रहण, कुन राशिका लागि शुभ, कुनका लागि अशुभ ?