देख्दा साधारण लाग्ने यी युवतीको वास्तविकता १४ वर्षपछि बाहिरियो

एजेन्सी, १४ वर्षसम्म यी युवतीलाई थाहा थिएन कि उसको शरीर अरु साधारण युवतीहरुको जस्तो छैन । संसार भरमा यस्तो अवस्थाहरु सामुन्ने आउने गर्छ, जसमा फरक-फरक तरिकाको विकृतिको साथ बच्चाहरुको जन्म हुने गर्छ। धेरै अवस्थामा बच्चाको मृत हुने गर्छ । तर केहि यस्ता भाग्यशाली हुन्छन् ,जसलाई डाक्टरले जिन्दगि दिने गर्छ। हो यस्तै भाग्यशाली युवती हुन् १९ वर्षकी वोर्कितु देबबेत।

 १४ वर्षसम्म संसारलाई लुकाएर राखिन यस्तो वास्तविकता : युटोपियामा बस्ने वोर्कितुलाई देखेर जो कोहिले पनि उनलाई साधारण युवती मान्थे । अरु युवतीहरु जस्तै उनि जुनै काम पनि गर्थिन । उनले आफुमा कहिले केहिको पनि कमि देखिनन्। तर एकदिन जब उनको अगाडी दोस्रो साथीले कपडा फेरिन, तब उनलाई थाहा भयो कि उसको शरीर केहि फरक छ । वास्तवमा, १४ वर्षसम्म वोर्कितु आफ्नो शरीरमा आफ्नो पैरासाइटिक ट्विन बोकिरहेकी थिइन् । उनको पेटको तल्लो भागमा जोडिएको थियो ट्विनको दुई हात र खुट्टा। पहिले गरिबीको कारण उसको उपचार हुन् पाएको थिएन। तर २०१२ मा अर्थेपेडिक सर्जन डा. एरिक गोकेनले ८ घन्टाको सर्जरीपछि वोर्कितुको शरीरबाट अतिरिक्त भाग अलग गरेका थिए।

परिवारले आफ्नो छोरीलाई श्राप  लागेको भनेपछि  : 

गरिबी र ज्ञानको अभावमा वोर्कितुको परिवारहरुले सुरुमा उनको उपचार गरेनन्। उनिहरुलाई लाग्थ्यो की आफ्नो छोरिलाई कसैले श्राप दिएर श्राप लागेको हो। यसकारण उनको यस्तो हाल भयो । तर उपचारपछि अब वोर्कितो अरु युवतीहरु जस्तै जिन्दगि जिईरहेकी छिन्। डाक्टरको अनुसार उनि अब आमा बन्न सक्छिन् ।

प्रकाशित : शुक्रबार, साउन २०, २०७४१४:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

थाहा पाउनुहोस पिउनु बाहेकका कोकाकोलाका अन्य अनौठा उपयोगिताहरु