एजेन्सी, पंजाबको नवांशहरको सेंटिनल क्याम्ब्रिज इन्टरनेशनल स्कुलमा ९ कक्षामा पढ्दै गरेका दुई युवती मनप्रित कौर र रुपिंदरजीत कौरको मबाईल फोनकै कारण ज्यान गएको छ। शिक्षकले स्कुल ब्यागमा मोबाइल बोकेर गएको थाहा पाएपछि ति उनिहरुलाई अभिभावक लिएर स्कुल आउन भनेका थिए। त्यसपछि उनीहरु दुवैले आत्महत्या गरेका थिए ।
उनीहरुले शुक्रबार बेलुका नदीमा हाम फरालेर आत्महत्या गरेको खुलेको छ। उनीहरु दुइमध्ये मनप्रितको शव भेटिएको छ भने रुपिंदरजीत बेपता रहेकी छिन्। स्कुलबाट फरक-फरक बसमा फर्कने उनिहरु त्यस दिन एउटै बसमा फर्किएकाले प्रहरीको शंकालाई बल पुर्याएको छ ।
मनप्रितको शवको नाकबाट फिँज निस्किरहेकोले प्रहरीले उनको मृत्युको विषयमा शंका गरेको छ । अनुसन्धान पूरा नभएसम्म केही भन्न नसकिने भन्दै प्रहरीले जनाएको छ। साथै स्कुलका शिक्षकलाई पनि कारवाहीको दायरामा ल्याएको छ ।