एजेन्सी- संसारमा एउटा यस्तो कलेज पनि छ जहाँ फेल भएकाहरुले मात्र पढ्न पाउँछन् भन्ने सुन्दा अनौठो लाग्न सक्ला तर यो साँचो कुरा हो। फेल भएकाहरुले मात्र पढ्न पाउने यो कलेजको नाम “स्मिथ कलेज” हो र यो अमेरिकास्थित छ।
यो कलेजले म्यासाच्यूसेट्स युनिभर्सिटीको सहयोगमा एक विशेष पाठ्यक्रम सञ्चालन गरेको छ जहाँ फेल भएका विद्यार्थीहरुले मात्र पढ्न पाउँछन्। उक्त कलेजले संचालन गरेको उक्त विशेष पाठ्यक्रमको नाम फेलिङ वेल हो। फेल भएपछी आफ्नो जीवन र करियरको चिन्तामा रहेकाहरुलाई यो पाठ्यक्रम र कलेजले धेरै सहयोग मिल्ने दावी गरिएको छ। उक्त कोर्समा विद्यार्थीहरुलाई फेल हुनुका पनि फाइदा हुन्छन भन्ने कुरा खुलेर पढाईन्छ। साथसाथै बिद्यार्थीहरुलाई जिन्दगीमा अघि बढ्न केहि जीवनउपयोगी टिप्सहरु दिइन्छ। यहाँ पढाइमा मात्र होइन, प्रेम सम्बन्ध, व्यवसाय लगायतका कुराहरुमा असफल हुनेहरुले पनि यो कलेजमा पढ्न पाउँछन्।
![](https://bigulnews.com/wp-content/uploads/2017/07/certificate-of-failure--300x232.jpg)
यस कलेजमा भर्ना पाउन त पहिले अमेरिका त जानुनै पर्यो र त्यसपछि उक्त कलेजमा गएर तपाइँले आफु के कुरामा फेल भएको हो भन्ने कुरा बताउनुपर्दछ। त्यसपछि कलेजले तपाइँलाई भर्ना लिन्छ । कक्षमा असफलतालाई कसरी सामना गर्ने, र जीवनमा कसरी अघि बढ्ने लगायतका कुराहरु सिकाइन्छ ।
अहिले असफलहरुले पढ्ने विशेष कोर्स संचालन गर्ने स्मिथ कलेज निकै चर्चामा छ।