एजेन्सी- भारतको सहारनपुरमा एक अनौठो घटना। त्यहाँ एउटा कुखुराले साँढे २ वर्षको बच्चालाई मारेको छ। तपाइँ यो कुरा नमान्नु होला तर यो एक साँचो घटना हो।
वास्तबमा उक्त बच्चा त्यो कुखुरालाइ समात्न कोशिस गरिरहेको थियो। तर समात्नुको सट्टा उल्टै उक्त कुखुराले बच्चामाथि आक्रमण गर्यो। आक्रमण पश्चात बच्चा घम्भिर घाइते भएको थियो र उसलाई तत्कालै अस्पताल लगिएपनि बच्चा बाच्न असफल रह्यो। पिडितका परिवार भन्छन कि उनीहरुको साँढे २ वर्षको बच्चा छिमेकीको घरमा खेल्न गएको थियो। खेल खेलमै उक्त निर्दोष बच्चा त्यो हत्यारा कुखुरालाइ समात्न कोशिश गर्यो। त्यतिनै बेला कुखुरालाई रिस उठेको कारणले कुखुराले आफ्नो तिखो मुखले बच्चा को टाउकोमा जोडले हान्यो जसले गर्दा बच्चा गम्भीर घाइते भयो।
बच्चाको परिवार र छिमेकीले बचाउन पाउनुभन्दा पहिल्यै उक्त कुखुराले दोश्रोचोटी फेरी नराम्रोसंग हमला गर्यो। पछि रगतमा लतपत्तिएको बच्चालाई उपचारको लागि अस्पताल त लागे तर बच्चा अस्पताल पुग्नु अगावै मरिसकेको थियो।