फ्रान्सको लाइले सिटिमा रही आएका फोटोग्राफर एन्टोनी रेप्से ले २०११ मा केहि समयको लागि प्लास्टिकजन्य फोहोरहरु नाफ्याकने र घरमै राख्ने निर्णय गरे। उनले त्यस्तो निर्णय लिएदेखी री-साइकल हुने खालको फोहोरहरु घरमै जम्मा गर्न सुरु गरे। त्यसको ४ वर्षपछि जब उनको घर पुरै फोहोरले भरियो, तब उनले यसको विभिन्न फोटोहरु खिचे र उनले फेसबुकमा शियर गरे।
एन्टोनीले उक्त फोटोहरुको नाम “#३६५ अनप्याक्ड” राखेका छन्। उनले ४ वर्षमा लगभग ७० क्युबिक मिटर फोहोर जम्मा गरेका थिए। ति फोहोरमध्य १६०० वटा दुधको प्लास्टिक बोतलहरु थिए, ४८०० ट्वाइलेट रोल्सहरु थिए भने ८०० किलो पेपर थिए। पछि उनले सबै फोहोरहरु छुट्टयाई फोटोहरु खिचे। उनले वास्तबमा मान्छेहरुलाई पाठ सिकाउनको लागि उक्त फोहोरहरुको फोटोहरु खिचेका हुन्।
जसरि यी फोहोरहरु घरमा भएको राम्रो देखिदैन त्यसरीनै पृथ्बी पनि सबै जीवजन्तुको घर हो र यी फोहोरहरु पृथ्बीमा राम्रो देखिदैन र यसरीनै जम्मा भएर बस्छ ।
४ वर्षसम्म घरमा फोहोर जम्मा गरी फेसबुकमा सेयर गरे यस्ता फोटो, दुनियालाई पाठ सिकाउन गरियो यस्तो
प्रकाशित : बुधबार, असार ०७, २०७४१७:१८