अहिले मानिसहरुको लागि मोबाइल फोन आधारभूत आवश्यकता भएको छ। यो बिना मानिसहरु एक मिनेट पनि मानिस बस्न सक्दैनन्। यसका राम्रा फाइदाहरुसंगै विभिन्न बेफाइदाहरु छन्। यसको लत अहिले धेरै मानिसहरुमा लागेको छ। यसै लतले एक युवकलाई ठूलो मुश्किलमा पारेको छ ।
उत्तर पूर्वी टर्कीमा एक व्यक्तिको फोन ट्वाइलेटको प्वालमा खसेको थियो। फोन निकाल्नका लागि उनले आफ्नो हात टोइलेटको प्वालभित्र हाले। तर उनको हात ट्वाइलेटको प्वालमा यति नराम्रोसँग भित्र फस्यो कि त्यसलाई निकाल्नका लागि उद्वार टोलीलाई नै बोलाउनु पर्यो । वास्तबमा यी युवक अस्पतालको शौचालय प्रयोग गरिरहेका थिए । त्यहाँ सामान्य शौचालय थियो । शौच गर्नेबेला उक्त युवकको स्मार्टफोन ट्वाइलेटको प्वालमा खस्यो र त्यसलाई निकाल्न भनि युवकले प्वालभित्र हात हाले। हात हाल्दा मोबाइल नभेट्टाएपछी उनि सुतेरै आफ्नो पुरै हात भित्र हुलेर खोजे। तर फोन भेट्टिएन। मोबाइल नभेट्टीएपछी उनले आफ्नो हात बाहिर निकाल्ने प्रयास गरे तर सकेनन। उनको हात भित्रै फसिसकेको थियो।
धेरै समस्यामा परेपछि उनले मद्दतका लागि चिच्याए । चिच्याएको सुनेर केही बिरामीले अस्पताल प्रशासनलाई जानकारी दिए । उक्त युवकको मद्दतका लागि अस्पतालले उद्वार टोलिनै माग्यो । एक घण्टा लामो संघर्सपछि टोलि युबकको हात निकाल्न सफल भए। युवकको उद्वार भएपछी उनि निकै खुसि भए । युवकले उद्वार टोलीलाई पटक पटक धन्यवाद भने । तर उनको फोन भने भेटिएन ।