कविता : छोरी तिमिले मानिनौ !

लेखक:- हरि थापा, दोलखा

“छोरी तिमिले मानिनोैँ”

अहों! जब उ संग भेट भयो
मन त्यसै त्यसै पग्लिदै अायो
अनयासमै विग्रिदै गयो
खै के भयो कुन्नी
अामाले भने जस्तो
जात मिलेको थिएन।
तै पनि मैले यो जात,विभेद
लाई हेर्ने दुबै अाखाँ
बन्द गरि दिए,
मेरो यस्तो केटा छ भनेर
न परिवारलाई भन्न सके
न अाफन्तलाई भन्न सके
न साथी भाईलाई
गुपचुप बसिरहे…
मायाँलाई अझै मल जल
हाल्दै गए, झन झन चुर्लुम्म
डुब्दै गए,अब त निस्कने
भाग्ने कुरै थिएन—

फेरि उसको साथ,माया
कहाँ सजिलै पाउन सक्थे र!
यति धेरै मायाँ गर्ने प्रेमी
पाईएला भन्ने कल्पना गरेको थिईन
तै पनि पाए खुसि थिए
घरमा विवहाका कुरा कहाँ
नअाएका हुन र!
खान्दानी परिवार भनेर
अामाले पटक पटक सम्झानु
भएको थियो, मैले मानिन्
मेरी अनपढ अामाले
छोरीको खुसि माथी
कहिल्यै अधिकार,जमाउन
हस्तक्षेप गर्न चाहिनन्
उनले मायाँ गर्दै चाउरिसकेका,
हातले, च्यापा दाहिने हातमा
समाउदै भनेकी थिईन..
केटा राम्रै थियो,खान्दानी थियो
तिमिले विवहा गर्दिन भन्योै,
हामीलाई पनि बुढेसकालमा
अान्नद हुन्थ्यो,तिमिलाई
एउटा असल केटा संग
जिम्मा लगाईदिन पाए
स्वर्गको ढोका खुल्ने थियो
छोरी तिमिले मानिनोैँ—-

हो अामा सबै मेरो लागि
भनेकी थियोै,तिम्रा शब्दशब्दको
हिसाब राखेको छु तर म उसलाई
कसरी धोका दिऊ
बचन दिईसकेको छु
उसले कसम खाईसकेको छ
जिवनभर मायाँ गर्छु
साथ दिन्छु भनेर..

उसले अाकाशको तारा
खसाली दिन्छु भन्दा
भो पर्दैन मलाई,
अाकासको तारा भनेको थिए
मलाई यति मायाँ नै काफि छ
उसले हजार जुनि सम्म
साथ लिन्छु भन्दा,
भो मलाई हजार जुनि चाहिदैन्
यहि जुनि मा यतिकै, यसरी नै
मायाँ देउ भनेको थिए…

अाज एकान्तमा बसेर
ति उसले खाएका कसम
मैले अामाबाबुलाई गरेको घात
सम्झदै छु, अहोँ यति धेरै
मलाई बुझ्ने मेरा अामाबाबुको,
कोमल मन मैले के को लागि
दुखाए जसले मलाई जिवन भर
हुर्काए ,बढाए ,पढाए
मैले कसरी एउटा प्रेमीको लागि
यि सब त्याग गर्न सके
जिवनभरको नाता विर्सन पुगे
थाहाँ छैन मलाई
मेरा हरेक बचन पुरा गर्ने
मेरा अामाबाबुको एक बचन
पुरा गर्न सकिन,
अामाले त्यति धेरै ठुलो ईच्छा
राख्नु भएको थिएन
छोरीको जात मिल्ने केटा संग
जोडी बाधिदिनु पाए
उहाँहरुको गुनासो यति नै थियो
मैले सुनिन,मैले मानिन ..

अामाले त भनेकी थिईन
छोरी राम्रो संग पढेस,
छोरा भनेपनि तिमी होैँ
छोरी भनेपनि तिमी होैँ
उ पल्लो घरको,
धनमायाको छोरीले ,
ईज्जत माटोमा मिलाई
अामा गुनगुन गर्दै
फतफताउथिन तर मैले सुनिन
बरु उल्टै मन ढुकढुक भएर
अाउथ्यो,विश्वास गरि
अामाले भनेको सम्झाएको
सबै कुरा उसलाई भन्थे
कति विश्वास गर्थे
जात नमिल्ने संग विवहाँ
गर्नु हुन्न रे! अामाले भनेको
उसले सुनेन,उल्टै रिसाउथ्यो
अनि बचन दिनथ्यो हामीँ कहाँ छोैँ
अझै जातको पछि लाग्ने
मलाई झन ढुक्क हुन्थ्यो
उसका लागि सबै
अाफन्ता साथी भाई ईष्टमित्र गुमाए
मात्र उ पाउन र पाए
मैले अरु केहि सोचिन्

जब नानी बाबु भयो
जिम्मेवारी थपियो
उ एक्कासी परिवर्तन भयो
मोैसम झै, खै किन हो कुन्नी
कति सम्झाए, उसले सुनेन
कति विन्ति गरे उसले टेरेन
कति सस्तो बनायो मायाँ
कुनै गुनासो पोखिन,यति नै हो
मेरो गल्ति …
मैले मेरा अामाबाबुलाई
कसम नखाई धोका दिए
उसले कसम खाएर पनि
धोका दियो,बचन तोड्यो
सारा खुसि,तन ,मन
जवानी लुटेर रितो बनाएर
जिम्मेवार बाट पन्छियो,
न छोराको मुख हेर्यो
न छोरीको मुख हेर्यो
एउटा जवानी केटी भेट्न साथ
योैवनको लोभमा परि
कति सजिलै अाफ्नो,
जिवन साथी त्याग्न सक्ने
महान हुदा रहेछन केटामान्छेहरु
एउटै बाहना मलाई मेरै जातको
केटी चाहियो…

 

प्रकाशित : शनिबार, जेठ २७, २०७४१७:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

छाती हाम्रो, मर्जी अरुको ! कहिल्यै मैले मेरा स्तन मेरा अनुसार राख्न पाइनँ