भदौ ३० गतेको राशिफल : सोमबार १२ राशिका दिन शुभ – अशुभ कस्तो रहला ?

भदौ ३० गतेको पञ्चाङ्ग
दिन : सोमवार
तिथि : अष्टमी, ०६:३० बजेपछि नवमी, ०४:२८ बजेउप्रान्त दशमी
नक्षत्र : मृगशिरा, ११:४३ बजेपछि आर्द्रा
योग : सिद्धि, ०९:५४ बजेपछि व्यतीपात
करण : कौलव, ०६:३० बजेपछि तैतिल, १७:२७ देखि गर, ०४:२८ बजेउप्रान्त वणिज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

चुनौतीहरू प्रशस्त देखिए पनि समाधान गर्ने क्षमता तपाईंमै छ । साथीको साथले काम सजिलो बन्नेछ । व्यापारमा ठूलो लाभ नदेखिए पनि दैनिकी सामान्य रहला । स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

दिन शुभ रहला । बिहानै आफन्त वा मित्रसँग भेटघाट हुनसक्छ, भोजभतेरमा सहभागी भइने सम्भावना छ । तर नातेदारबाट ठूलो फाइदा नपाउन सक्ने अवस्था छ । व्यापारमा अवरोध आउला, आर्थिक पक्ष पनि सबल छैन । देवीको पूजा गर्नु लाभदायक हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आफू वा परिवारका सदस्यको स्वास्थ्य खर्च बढ्न सक्छ । तर दिनक्रम सामान्य रहला । ठूलो उपलब्धि हात नपरे पनि बोलीमा प्रभाव रहनाले वक्तृत्व वा कुराकानीबाट लाभ उठाउन सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

खर्च केही बढे पनि दिनलाई सकारात्मक मान्न सकिन्छ । मित्रबाट ठूलो फाइदा नपाइए पनि आफ्नो मेहनतले काम पूरा हुनेछ । अध्ययनमा सुधार आउँदैछ । नारायणको दर्शनले मनोबल बढ्नेछ । व्यापारमा लाभ सम्भव छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

प्रतिष्ठामा सुधार हुने समय हो । खर्च भने घट्ने लक्षण छैन । व्यवसाय वा व्यापारमा सामान्य लाभ मिल्नेछ । जागिर वा नोकरीतर्फ बढी सहयोग पाउने सम्भावना छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

बोल्दा सावधानी अपनाउनुहोस्, अनावश्यक विवाद बढ्न सक्छ । साथीहरू टाढा भएर विपक्षी बढ्न सक्छन् । आर्थिक पक्ष सामान्य छ तर स्वास्थ्यमा समस्या देखिन सक्छ । जागिरबाट सामान्य सहयोग मात्र मिल्नेछ । पीपलमा जल चढाउनु हितकर हुन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

दिन सामान्य देखिन्छ, ठूलो रकमको कारोबार नगर्नु उचित हुन्छ । तर बिस्तारै सुधार हुने संकेत छ । उत्साहमा कमी छैन । व्यापारमा लाभदायक अवसर मिल्नेछ । प्राविधिक कार्य वा दक्षतासँग सम्बन्धित क्षेत्रमा फाइदा हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

समय मध्यम खालको छ । अनावश्यक डर वा तनाव बढ्न सक्छ । बेकारका काममा समय खर्चिनु पर्ला । मद्दत गर्नेभन्दा विरोध गर्ने बढी देखिन सक्छन् । गणेशको पूजा लाभदायक हुनेछ । जागिरमा भने सामान्य अवस्था छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

मनमा शंका र भय बढ्न सक्छ, जसले निर्णय क्षमता कमजोर बनाउन सक्छ । परिवारको सहयोगले काम सजिलै बन्नेछ । साथीहरू असल खालका छन्, मद्दत गर्न तयार हुनेछन् । पढाइतर्फ बढी समय जालान् तर लेखाइमा कमी आउन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

यात्राको अवसर आउन सक्छ । प्रेम वा विवाहसम्बन्धी विषयमा प्रगति हुने सम्भावना छ । स्वास्थ्य मध्यम खालको रहला । पढाइमा गरिएको लगानी सफल हुनेछ । तर नोकरीतर्फ अझै अनिश्चितता रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

समय शुभ छ । विचार र बुद्धि प्रस्ट हुनेछ । सानो-मसिनो स्वास्थ्य समस्या आउन सक्छ । बिहानै शिवजीको दर्शन गर्नु राम्रो हुन्छ । अरूलाई सजिलै प्रभावित पार्न सकिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

स्वास्थ्यमा कमजोरी देखिन सक्छ । पढाइमा ध्यान दिन खोज्दा पनि कठिनाइ आउन सक्छ । मित्रबाट अपेक्षित सहयोग नपाइने अवस्था छ । जागिर सामान्य रहला । नारायणको पूजा गरिरहनु लाभदायक हुनेछ ।

प्रकाशित : आइतबार, भदौ २९, २०८२१९:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भदौ ३१ गतेको राशिफल : भदौ महिनाको अन्तिम दिन १२ राशिलाई शुभ – अशुभ कस्तो होला ?