भदौ १५ गतेको राशिफल : आइतबार १२ राशिका दिन शुभ – अशुभ कस्तो रहला ?

काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। वि.सं.२०८२ भदौ १५ गते आइतबार हो।

आइतबारको दिन सूर्यदेवलाई समर्पित हुन्छ। यसैकारण आइतबारको दिन सूर्य देवको विधि-विधानपूर्वक पूजा-आराधना गरिन्छ। आइतबारको दिन कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल : –

भदौ १५ गतेको पञ्चाङ्ग र राशिफल

दिन : आइतवार
तिथि : अष्टमी, २१:५२ बजेपछि नवमी
नक्षत्र : अनुराधा, १५:५६ बजेपछि ज्येष्ठा
योग : वैधृति, १५:४७ बजेपछि विष्कम्भ
करण : भद्रा, ०८:५६ बजेपछि वव, २१:५२ बजेउप्रान्त वालव

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

दिन तपाईको लागि शुभ देखिन्छ। बुद्धि र कौशल प्रयोग गरेर गरेका काम सफल हुनेछन्। व्यापार वा पेशागत प्रगतिका लागि परिवारसँग छलफल लाभदायी हुनेछ। प्रविधि वा प्राविधिक क्षेत्रमा संलग्न व्यक्तिहरूको लागि दिन विशेष फलदायी रहनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आफ्ना केही बानीमा सुधार गर्न सके दिन सकारात्मक हुनेछ। पुरानो लगानीबाट प्राप्त रकमले आर्थिक स्थितिमा मजबुती ल्याउनेछ। धार्मिक भावना जाग्नेछ र पूजा–पाठ गर्न मन लाग्नेछ। पारिवारिक जीवनमा आपसी समझदारी र माया बढ्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

तपाईँको व्यक्तित्व आकर्षक र प्रभावशाली बन्नेछ। आफ्ना सीप र योग्यता प्रमाणित गर्ने अवसर मिल्नेछ। जागिरे वर्गका लागि पदोन्नति वा मानसम्मानको संकेत छ। यदि आर्थिक दबाबमा हुनुहुन्छ भने केही राहत मिल्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

अरूलाई आफ्ना विचार व्यक्त गर्न अवसर दिनुहोस्। आफ्नो स्तर सुधार गर्न निरन्तर प्रयास गर्नुपर्ने समय आएको छ। लेखक तथा सिर्जनात्मक क्षेत्रमा लागेका व्यक्तिहरूले राम्रो उपलब्धि पाउने सम्भावना छ। गलत साथी–संगतबाट टाढा रहनुहोस्, युवाहरूले अभिभावकको सुझाव मान्नु उपयुक्त हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

तपाईँको बोली र वाणी तपाईँकै लागि लाभदायक बन्नेछ। कपडा वा फैशन व्यवसायीलाई अलिक निराशाजनक परिस्थिति आउन सक्छ। छोटकरी नाफा कमाउने लोभमा गलत बाटो नअपनाउनुहोस्। पारिवारिक समस्या समाधान हुँदै जानेछ। महिलाहरू घरायसी काममा व्यस्त रहनेछन्।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कामप्रति लगाव बढ्नेछ र ऊर्जा पनि प्रबल रहनेछ। सन्तानसँग सम्बन्धित खुसीको समाचार सुन्न सकिन्छ। महिला साथी वा परिचितबाट मद्दत प्राप्त हुनेछ। प्रियजन वा साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। यद्यपि मनमा विभिन्न विचारले विचलित हुन सक्नेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

सुरुमा अलिक सुस्त महसुस भए पनि कार्यक्षेत्रमा तपाईँको मेहनतको मूल्याङ्कन हुनेछ। आर्थिक मामिलामा विशेष ध्यान दिनुपर्छ। थोक व्यापारीहरूले ठूलो मात्रामा सामान भण्डारण गर्दा सावधानी अपनाउनुपर्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

परिवारका अपेक्षा पूरा गर्ने अवसर मिल्नेछ। सम्मान र उपहार प्राप्त हुने सम्भावना छ। काममा लक्ष्यप्रति केन्द्रित रहनु आवश्यक हुनेछ। अनावश्यक खर्च कम नगरेमा आर्थिक कठिनाइ आउन सक्छ। विवाद वा तर्क–वितर्कबाट टाढा रहनु उत्तम हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

व्यवसायिक योजनाहरू उत्साहपूर्वक पूरा गर्न सकिनेछ। पुरानो लगानीले राम्रो नतिजा दिने सम्भावना छ। युवाहरूले करियरमा नयाँ विकल्प खोज्नेछन्। दाम्पत्य जीवनमा देखिएको असमझदारी अन्त्य हुने संकेत छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

दिन खुसीले भरिनेछ। आर्थिक पक्षबारे विभिन्न विचार आउन सक्छन्। व्यापार विस्तारका लागि नयाँ रणनीति बनाउन सकिनेछ। बहुमूल्य वस्तु खरिद गर्न उपयुक्त समय छ। काममा उच्च अधिकारीबाट ठूलो जिम्मेवारी पाउने सम्भावना छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मन अस्थिर र विचलित हुन सक्छ। स्वास्थ्यप्रति ध्यान दिनु पर्नेछ। सन्तानसँग सम्बन्धित समस्याले अलिक तनाव ल्याउन सक्छ। आफन्तसँग टाढाको यात्रा सम्भावित छ। धार्मिक कार्यमा खर्च बढ्नेछ। पैसाको कारोबारका लागि समय अनुकूल छैन।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

व्यापार वा व्यवसायमा विगतका समस्याहरू समाधान गर्ने राम्रो समय हो। नयाँ व्यक्तिसँगको परिचयबाट लाभ मिल्नेछ। घरजग्गा खरिद वा लगानीको योजना बनाउन सकिनेछ। दाम्पत्य जीवनमा मधुरता र सद्भाव कायम रहनेछ।

प्रकाशित : शनिबार, भदौ १४, २०८२१९:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भदौ १६ गतेको राशिफल : सोमबार १२ राशिलाई शुभ – अशुभ कस्तो रहला ?