भदौ १४ गतेदेखि भदौ २० गतेसम्मको साप्ताहिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
समय क्रमशः अनुकूल बन्दै गएको छ। खर्च केही बढे पनि आम्दानी पर्याप्त हुने भएकाले ठूलो समस्या पर्दैन। सुरुका दिनमा हल्का डर र अनिश्चितता अनुभव भए पनि सोमबारदेखि आत्मबल बढेर कर्म क्षेत्रमा सक्रिय बन्नुहुनेछ। बाह्य व्यापार वा सहकार्यबाट राम्रो लाभ मिल्ने सम्भावना छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सप्ताहको पूर्वार्द्ध केही चुनौतीपूर्ण देखिन्छ। स्वास्थ्यमा उतारचढाव आउन सक्छ, साथै विभिन्न काममा अवरोध हुने सम्भावना छ। बिहीबार र शुक्रबार अपेक्षाकृत शुभ हुनेछन्। साताको सुरुमा शिवजीको पूजा तथा गणेशको आराधना गर्नाले कठिनाइ हटाउन मद्दत पुर्याउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सुरुका दुई दिनमा केही महत्वपूर्ण कार्य सफल हुनेछन्। तर सोमबारपछि अप्रत्याशित समस्या उत्पन्न हुन सक्छ। शिवजीको स्मरणबिनाको समाधान कठिन देखिन्छ। मद्दत गर्नेभन्दा चुनौती दिने व्यक्तिहरू बढी हुनेछन्। पारिवारिक पक्षका चिन्ताले पनि मन अशान्त हुन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बुधबारसम्मको समय शुभ रहन्छ। खर्च बढे पनि आम्दानीको स्रोत पर्याप्त हुने भएकाले समस्या गम्भीर हुँदैन। बुद्धि भन्दा कर्ममा निर्भर भएर काम गर्नुपर्ने अवस्था आउन सक्छ। रिस उठाउनेहरू बढी हुने भएकाले बंगलामुखीको साधना लाभदायी हुनेछ। शिक्षा क्षेत्रमा तत्काल ठूलो प्रगति नदेखिए पनि प्रयास निरन्तर राख्नुपर्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सप्ताहको प्रारम्भमा अप्रत्याशित खर्चले मन खिन्न हुन सक्छ। तर सोमबारपछि परिस्थिति सुधार हुँदै खर्चमा नियन्त्रण हुनेछ र केही आर्थिक लाभ पनि सम्भव छ। व्यापार वा व्यवसायिक काममा अस्थायी अवरोध आउन सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
स्वास्थ्यमा ध्यान दिनुपर्ने समय छ। लक्ष्य पुरा गर्न ढिलाइ हुनसक्छ। सहयोग गर्ने मानिस कम भए पनि धैर्यपूर्वक अघि बढ्दा परिणाम पाउन सकिनेछ। पारिवारिक स्वास्थ्य सम्बन्धी खर्च बढ्न सक्छ। इन्द्राणीको सेवा र भैरवको दर्शनले अप्ठ्याराहरू कम गर्नेछन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सप्ताहको सुरुवाती भागमा महत्वपूर्ण कार्य सफलता पाउनेछन्। तर पछि स्वास्थ्यसम्बन्धी समस्या वा सानोतिनो चोटपटक लाग्ने सम्भावना छ। मंगलबारको दिन गणेशको आराधनाले अवरोधहरू टार्न मद्दत गर्नेछ। व्यापारमा भने अपेक्षित नाफा नहुन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खर्च बढे पनि साप्ताहिक समय प्रतिकूल छैन। मानसम्मान र प्रतिष्ठामा खास वृद्धि नभए पनि व्यवसायिक क्षेत्रमा राम्रो उपलब्धि हासिल हुनेछ। साथीभाइ र नजिकका व्यक्तिबाट प्रशस्त सहयोग पाइनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सप्ताहको सुरुमा भोजभतेर र सामाजिक भेटघाट हुने देखिन्छ। आफन्त तथा साथीहरूको सल्लाहले उपयोगी काम अघि बढाउन सकिनेछ। अध्ययनमा राम्रो समय आएको छ, नयाँ विषयप्रति रुचि बढ्ने र ज्ञान प्राप्त गर्ने अवसर मिल्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खर्च बढे पनि आवश्यक र लाभदायक कार्यमै खर्च हुने भएकाले समस्या हुँदैन। साथ दिने मित्रहरू भेटिनेछन्। शिक्षा क्षेत्रमा प्रगति हुने संकेत छ। व्यापार व्यवसायमा पनि सहयोग पाइनेछ। तपाईंको प्राविधिक वा विशेष ज्ञानको प्रशंसा हुने समय आएको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
खर्च बढेपनि आयका स्रोत बलिया हुने भएकाले चिन्ता लिनुपर्दैन। व्यापार व्यवसायमा उल्लेख्य लाभ हुने समय छ। शिक्षामा सामान्य प्रगति हुने देखिन्छ। लामो विदेश यात्रा तत्काल सम्भव छैन। वैवाहिक वा पारिवारिक जीवन सुखदायी रहनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
यो सप्ताह मध्यम रहनेछ। केही काम सफल हुनेछन् भने केही अधुरै रहनेछन्। अपेक्षाभन्दा बढी खर्च हुनसक्छ। सहयोगी नपाए समस्या गम्भीर हुनसक्छ। देवी र शिवजीको पूजा आराधनाले अवरोधहरू कम गर्नेछन्। पारिवारिक सहयोग पाइरहने सम्भावना छ।