भदौ ८ गतेको राशिफल : आइतबार १२ राशिका दिन शुभ – अशुभ कस्तो रहला ?

भदौ ८ गतेको पञ्चाङ्ग
दिन : आइतवार
तिथि : प्रतिपदा, ११:१४ बजेपछि द्वितिय
नक्षत्र : पूर्वफाल्गुनी, ०२:३७ बजेपछि उत्तरफाल्गुनी
योग : शिव, १४:११ बजेपछि सिद्ध
करण : वव, ११:१४ बजेपछि वालव, २३:२५ बजेउप्रान्त कौलव

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

नयाँ योजना त बन्नेछन्, तर तिनलाई तुरुन्तै कार्यान्वयन गर्न सक्ने सम्भावना कम छ। इच्छाशक्ति अझै सबल देखिँदैन। सामान्य लाभ मात्र पाइएला। आर्थिक पक्ष सामान्य रहला। समय भने रमाइलो र भेटघाटमै बढी बित्नेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

खर्च बढ्ने हुँदा बचत गर्न कठिन होला। आम्दानी भए पनि त्यसअनुसारको सुधार देखिँदैन। साना–साना कामले तत्काल समस्या टारिए पनि दीर्घकालीन समाधान नआउला। पढाइ–लेखाइमा समय बढी दिनुपर्ने दिन छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मनमा अझै हल्का असजिलो भए पनि अवस्था पहिलेभन्दा सहज हुँदै गएको छ। विरोधी सक्रिय भए पनि तिनीहरूसँग जुध्ने आत्मबल बढ्दो छ। गणेश आराधनाले आर्थिक पक्ष बलियो हुँदै जाने सम्भावना छ। व्यापारमा क्रमशः प्रगति हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

अवस्था पहिलेभन्दा राम्रो बन्दै गएको छ। सामान्य व्यवसायभन्दा बौद्धिक वा प्राविधिक क्षेत्रमा बढी लाभ हुनेछ। सीप र क्षमता निखारिँदै जान्छ। स्वास्थ्य औसत मात्र रहला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

हल्का शंका र भय भए पनि काम बिग्रने देखिँदैन। केही महत्वपूर्ण अवसर हात लाग्नेछ। खर्च बढे पनि त्यसलाई सम्हाल्ने क्षमता बढ्नेछ। परिवारका लागि आर्थिक खर्च बढी हुन सक्छ। भैरव दर्शन लाभदायी रहला।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

दिन सहज छैन। अनावश्यक झन्झट र विवादमा पर्न सकिने संकेत छ। यद्यपि, आगामी दिन शुभ र लाभदायी हुनेछन्। अध्ययनमा समय बढाए बौद्धिक स्तर राम्रोसँग उचालिनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

दिन मध्यम छ। केही काम पूरा हुनेछन् भने केही अधूरै रहन सक्छन्। मनमा भ्रम र शंका घेरिएला। समाधानका लागि पीपलमा जल अर्पण गर्नु उपयुक्त हुनेछ। जागिर मात्रमा भर नपरी पढाइमा ध्यान दिन आवश्यक छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

दिन प्रतिकूल छैन। स्थिति विस्तारै सुधारिँदै छ। व्यापार–व्यवसायमा क्रमशः लाभ हुनेछ। स्वास्थ्य पनि पहिलेभन्दा राम्रो देखिन्छ। परिवारको सहयोग प्राप्त हुनेछ। गणेश दर्शन लाभदायी रहला।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

खर्च निरन्तर भए पनि आय पर्याप्त हुने भएकाले समस्या नपर्ला। अध्ययनमा प्रगति देखिन्छ। परिवारमा सामान्य चिन्ता रहन सक्छ। शनिदेवको आराधनाले मानसिक बोझ कम हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

स्वास्थ्यमा सानो बाधा आउन सक्छ जसले खर्च बढाउन सक्छ। पारिवारिक सहयोग कम मिल्ने सम्भावना छ। साथीहरूमाथि पूर्ण भर पर्नु उपयुक्त हुँदैन। व्यवसायमा चुनौती र अवरोध आउन सक्छ। पीपलमा जल चढाउनु हितकारी हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आधा काम सफल होला भने केही बाँकी रहन सक्छन्। आर्थिक हानि हुने समय भने छैन। सामान्य जीवन सहज रहन्छ। विपक्षीसँग जुध्न सक्ने क्षमता बढ्नेछ। बौद्धिक स्तर पहिलेभन्दा परिष्कृत हुँदै छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

खर्च र आम्दानी करिब बराबरी देखिन्छ, त्यसैले बचत गर्न मुस्किल हुनेछ। सम्मानमा ठूलो कमी नआए पनि बढ्ने सम्भावना कम छ। व्यापारमा सामान्य लाभ मात्र हुनेछ। बौद्धिक काममा ध्यान केन्द्रित गर्न कठिन देखिन्छ। बङ्गलामुखी दर्शन गर्नु हितकारी हुनेछ।

प्रकाशित : शनिबार, भदौ ०७, २०८२२१:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भदौ ९ गतेको राशिफल : सोमबार तीजको दर खाने दिन १२ राशिलाई शुभ – अशुभ कस्तो रहला ?