साप्ताहिक राशिफल : यो हप्ता १२ राशिलाई शुभ – अशुभ कस्तो रहला ?

काठमाडौँ : – हरेक दिन ग्रह-नक्षत्रको स्थितिमा हुने परिवर्तनको कारण केही राशिलाई शुभ हुनेछ भने केही राशिलाई अशुभ हुनेछ। जब ग्रह-नक्षत्रको स्थितिमा परिवर्तन आउँछ त्यसको प्रत्यक्ष प्रभाव १२ राशिमा पर्ने गर्दछ। जान्नुहोस् यस साता कुन राशिलाई शुभ हुनेछ भने कुन राशिका व्यक्तिले समस्याको सामना गर्न पर्ने हुन्छ ?

साताको राशिफल : – भदौ ७ गतेदेखि भदौ १३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सप्ताहको सुरुवात रमाइलो र भेटघाटमा बित्नेछ। साथीभाइसँग भोजभतेर भए पनि ठोस सहयोग भने नपाइने देखिन्छ। सोमबार बेलुकीपछि लाभदायक अवसर आउन थाल्नेछ र अन्त्यतिर महत्वपूर्ण काम बन्न सक्छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सुरुका तीन दिन त्यति सहज छैनन्। खर्च बढ्ने भएकाले मनमा तनाव आउन सक्छ। साताको बीचतिर आफ्नै खर्चमा भोजभतेरको प्रसङ्ग आउला। अध्ययनमा ठुलो प्रगति नदेखिए पनि व्यवसायले साथ दिनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मध्यम खालको साता रहनेछ। यात्राको सम्भावना छ र त्यसमा खर्च पनि हुनेछ। परिवारबाट अपेक्षित सन्तोष नपाइने देखिन्छ। व्यापार–व्यवसायबाट आंशिक मात्र लाभ होला। खर्च नियन्त्रणका लागि नित्य गणेशको दर्शन गर्नु लाभदायी हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यो साता फलदायी रहनेछ। मन असल कार्यतिर आकर्षित हुनेछ र गरेका प्रयास सफल हुनेछन्। सहयोगी मित्र भेटिने सम्भावना छ। परिवारसँग सम्बन्ध सहज रहला। सानोतिनो विवाद भए पनि चिन्ता लिनुपर्ने अवस्था छैन। पढाइमा प्रगति हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सप्ताह राम्रो खालको छ। गरेका काम सफलतामा परिणत हुनेछन्। आर्थिक स्थिति ठिकठाक रहनेछ भने व्यवसायिक गतिविधिले राम्रो लाभ दिनेछन्। तर परिवारिक सुख भने सामान्य रहन सक्छ। सानातिना मतभेदहरू भइरहने सम्भावना छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सुरुका तीन दिन चुनौतीपूर्ण छन्। प्रतिष्ठामा असर पर्न सक्ने परिस्थिति आउन सक्छ। शनिबार बिहान शिवजीको दर्शन गरेमा बाधा हट्नेछ। सोमबार बेलुकीदेखि भने सकारात्मक परिणाम आउन थाल्नेछन्। धार्मिक भावनाको जागरण हुने समय छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मध्यम खालको साता छ। केही काम सफल हुनेछन् भने केही अधुरै रहन सक्छन्। प्राविधिक क्षेत्रमा राम्रो उपलब्धि पाइन सक्छ। परिवार र मित्रहरूको सहयोग पाइनेछ। विवाहसम्बन्धी कुरामा पनि प्रगति हुने सम्भावना छ। पढाइ औसत रहला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यो साता सहज छैन। सुरुमा वादविवादको सम्भावना छ भने अन्त्यतिर काममा अवरोध आउन सक्छ। साताको बीचतिर मात्र सहयोगी परिस्थिति मिल्नेछ। आर्थिक स्थिति कमजोर रहने देखिन्छ र बेकारका काममा खर्च हुन सक्छ। नियमित सूर्यको दर्शन गर्नु उपयुक्त हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुरुवातमा मनमा आशंका भए पनि केही काम बन्न सक्छ। वादविवाद भएमा तपाईंको विजय हुनेछ। नोकरीभन्दा व्यापारबाट बढी लाभ पाउन सक्नुहुन्छ। अध्ययनमा भने अपेक्षित गति आउन बाँकी छ। बगलामुखीको दर्शन गर्नु लाभदायी हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सप्ताहको सुरुमा स्वास्थ्यमा समस्या आउन सक्छ, विशेष गरी जाडोका रोग सताउन सक्छन्। सोमबार बेलुकीपछि मात्र सुधार हुने संकेत छन्। खर्च बढ्नेछ र बचत हुन मुस्किल पर्छ। व्यवसायिक कामबाट ठूलो लाभ नहोला, तर प्राविधिक क्षेत्रमा सफलता मिल्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सप्ताहको सुरु सफलतापूर्ण रहनेछ। व्यापारमा अपेक्षा भन्दा बढी लाभ पाइनेछ। तर मंगलबार ठूलो रकमको लेनदेन नगर्नुहोस्। बुध र बिहीबार अनुकूल देखिन्छन्। विद्यार्थी वर्गका लागि यो साता फलदायी हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
यो साता लाभदायक रहनेछ। सोचेको भन्दा बढी उपलब्धि पाउने सम्भावना छ। कोरा व्यापारभन्दा प्राविधिक क्षेत्रमा राम्रो परिणाम आउला। परिवार र मित्रको सहयोग पाइनछ। नोकरीमा भने समस्या आउन सक्छ। शनिश्चरको सेवा गर्नु उपयुक्त हुनेछ।

प्रकाशित : शनिबार, भदौ ०७, २०८२११:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भदौ ८ गतेको राशिफल : आइतबार १२ राशिका दिन शुभ – अशुभ कस्तो रहला ?