भदौ ६ गतेको राशिफल : शुक्रबार १२ राशिका दिन शुभ – अशुभ कस्तो रहला ?

काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। भदौ ६ गते शुक्रबार ग्रह-नक्षत्रका स्थितिका कारण केही राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका मानिसले कठिनाइको सामना गर्नुपर्नेछ।

भदौ ६ गतेको पञ्चाङ्ग
दिन : शुक्रवार
तिथि : चतुर्दशी, ११:४६ बजेपछि औंसी
नक्षत्र : अश्लेषा, ०१:१० बजेपछि मघा
योग : वरियान्, १६:३२ बजेपछि परिघ
करण : शकुनि, ११:४६ बजेपछि चतुष्पद, २३:२७ बजेउप्रान्त नाग

मेष (Aries) – चु, चे, चो, ला, लि, लु, ले, लो, अ :
मानसिक शान्ति प्राप्त हुनेछ। पारिवारिक वातावरण सुखद रहनेछ। सन्तानतर्फबाट उत्साहजनक समाचार सुन्न सकिनेछ। पढाइ–लेखाइमा प्रगति हुनेछ। साथीभाइको सहयोग पाइनेछ, तर कार्यस्थलमा चुनौती आउन सक्छ। मानसिक तनाव बढ्न सक्ने सम्भावना छ। आत्मविश्वास उच्च रहनेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। तर, सन्तानको स्वास्थ्यप्रति सचेत रहनुपर्छ। व्यवसायमा मनग्य सन्तुष्टि मिल्नेछ र उन्नतिको बाटो खुल्नेछ।

वृष (Taurus) – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो :
आत्मबल बढ्नेछ, तर धैर्यमा कमी देखिन सक्छ। घर–परिवारमा शान्ति कायम राख्न ध्यान दिनुपर्छ। कामकाजमा केही कठिनाइ आउन सक्छ। मन प्रशन्न रहनेछ। जीवनसाथी वा उनका परिवारतर्फबाट आर्थिक लाभ मिल्ने सम्भावना छ। कहिलेकाहीँ मनमा आशा र निराशा मिश्रित भावना आउन सक्छ। दाजुभाइसँग विचारमा मतभेद हुने सम्भावना छ। व्यवसायमा परिवर्तन सम्भावना छ, विवादबाट टाढा रहनु उचित हुनेछ।

मिथुन (Gemini) – का, कि, कु, घ, ङ, छ, के, को, ह :
मन हर्षित रहनेछ। आत्मविश्वास दृढ हुनेछ। कामको दायरा फराकिलो हुने देखिन्छ। कार्यभार बढ्न सक्छ, तर आम्दानी पनि बढ्नेछ। मानसिक शान्ति कायम राख्ने प्रयास गर्नुहोस्। सवारी साधन मर्मत वा खर्च बढ्न सक्छ। यात्रा गर्ने सम्भावना छ। सन्तानबाट हर्षको समाचार प्राप्त हुनेछ। आम्दानी सामान्य रुपमा स्थिर रहनेछ।

कर्कट (Cancer) – हि, हु, हे, हो, डा, डि, डु, डे, डो :
आत्मबलमा वृद्धि हुनेछ, तर मन अस्थिर रहन सक्छ। राजनीतिज्ञ वा प्रभावशाली व्यक्तिसँग भेट हुनसक्छ। बोलीमा सन्तुलन राख्नु जरुरी छ। व्यापार बढ्नेछ र नयाँ अवसर मिल्नेछ। सन्तानतर्फ सुखद सूचना आउनेछ। व्यवहारमा कोमलता रहनेछ तर कहिलेकाहीँ रिस पनि चढ्न सक्छ। अधिकारी वर्गको सहयोग पाइनेछ। आमा वा मातृपक्षबाट धन लाभ हुनसक्छ।

सिंह (Leo) – मा, मि, मु, मे, मो, टा, टि, टु, टे :
आत्मबल प्रबल रहनेछ। बोलीको प्रभाव बढ्नेछ। कला, साहित्य वा संगीतमा रुचि बढ्नेछ। काममा अधिकारीको सहयोग प्राप्त हुनेछ। प्रगतिका बाटा खुल्नेछन्। पिताको सहयोग पाइनेछ। सवारी–साधनको सुविधा हुनेछ। मनमा शान्ति र आनन्द अनुभूत हुनेछ। तर, व्यवहारमा कठोरता आउन सक्छ। धार्मिक कार्य वा समाजोपयोगी कार्यमा सहयोग गर्ने अवसर मिल्नेछ। व्यवसायमा लाभ प्राप्त हुनेछ।

कन्या (Virgo) – टो, प, पि, पु, ष, ण, ठ, पे, पो :
बोलीमा मिठास हुनेछ। आत्मबल दृढ रहनेछ। कार्यक्षेत्रमा परिवर्तन सम्भावना छ। मेहनत धेरै गर्नुपर्नेछ, स्वास्थ्यमा ध्यान दिनुहोस्। मानसिक शान्तिका लागि ध्यान दिनुपर्छ। कुराकानीमा संयमता आवश्यक छ। धैर्यको कमी देखिन सक्छ। पारिवारिक समस्या सताउन सक्छ। परिवारतर्फबाट धनलाभको सम्भावना छ। अधिकारी वर्गबाट सहयोग पाइनेछ र प्रगतिको बाटो खुल्नेछ।

तुला (Libra) – र, रि, रु, रे, रो, ता, ति, तु, ते :
साथीभाइको साथ र सहयोग पाउनुहुनेछ। व्यापार–व्यवसायमा व्यस्तता बढ्नेछ। धार्मिक कार्य वा सामाजिक क्रियाकलापमा संलग्नता बढ्न सक्छ। पैतृक व्यवसाय सुरु गर्ने अवसर मिल्नेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ। राजनीतिज्ञ वा प्रभावशाली व्यक्तिसँग भेट हुनसक्छ। सन्तान सुखमा वृद्धि हुनेछ। धार्मिक स्थल भ्रमण सम्भावना छ। सम्बन्धमा निकटता र मधुरता बढ्नेछ।

वृश्चिक (Scorpio) – तो, ना, नि, नु, ने, नो, या, यि, यु :
परिवारसँग कुनै धार्मिक स्थलमा भ्रमण हुन सक्छ। जीवनशैली केही अस्तव्यस्त हुने देखिन्छ। स्वास्थ्यमा सचेत रहनुपर्छ। व्यापारमा लाभको अवसर मिल्नेछ। आत्मबल प्रचुर मात्रामा रहनेछ। मनमा शान्ति आउनेछ तर नाफा अपेक्षाभन्दा कम हुन सक्छ। जोश र जाँगरमा काम गर्ने प्रेरणा हुनेछ। कपडा वा सजावटमा खर्च बढ्नेछ। साथीसँगको सहयोगले व्यापार विस्तार हुनेछ। पिताको सहयोग पाउनुहुनेछ।

धनु (Sagittarius) – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे :
शैक्षिक क्षेत्रमा ध्यान दिनुपर्छ, अवरोध आउन सक्छ। जागिर वा कार्यक्षेत्रमा परिवर्तन सम्भावना छ। मानसिक शान्तिका लागि प्रयासरत रहनुपर्छ। व्यापार व्यवसायमा सुधार हुने देखिन्छ। प्रतिस्पर्धात्मक परीक्षा वा अन्तर्वार्तामा सफलता मिल्नेछ। साथीभाइको सहयोगले आम्दानीका नयाँ बाटा खुल्नेछन्। लाभको अवसर पाइनेछ। संचित धनमा वृद्धि हुनेछ।

मकर (Capricorn) – भो, ज, जि, खि, खु, खे, खो, गा, गि :
धैर्य कायम राख्नु आवश्यक छ। साथीभाइबाट नयाँ व्यापारिक प्रस्ताव आउन सक्छ। नाफा बढ्ने सम्भावना छ। कहिले क्रोध, कहिले सन्तोषको अनुभव हुनेछ। संगीत वा कलामा रुचि बढ्न सक्छ। क्रोध नियन्त्रण गर्नुपर्छ। जीवनसाथीसँग विचारमा मतभेद हुनसक्छ। व्यापारिक प्रयोजनले यात्रा गर्नुपर्ने हुन सक्छ। पुराना साथीभाइ भेटिने सम्भावना छ। शुभ समाचार पाउन सकिनेछ।

कुम्भ (Aquarius) – गु, गे, गो, सा, सि, सु, से, सो, द :
मनमा असन्तुष्टि र निराशा रहन सक्छ। तर साथीभाइको सहयोगले रोजगारी वा अवसर पाइन सक्छ। यात्राको सम्भावना छ। व्यापारमा समस्या देखिए पनि परिवारका अग्रजको सहयोगले समाधान हुनसक्छ। अनावश्यक विवाद वा झगडाबाट बच्नुहोस्। कुराकानीमा धैर्य राख्नुहोस्। लाभ प्राप्त हुनेछ। सम्बन्धमा निकटता बढ्नेछ।

मीन (Pisces) – दि, दु, थ, झ, ञ, दे, दो, च, चि :
आत्मबल भरपूर रहनेछ। वैवाहिक जीवन सुखमय हुनेछ। व्यापार विस्तार हुने सम्भावना छ। लाभका अवसर बढ्नेछन्। व्यवसायिक प्रयोजनले विदेश यात्रा पनि हुनसक्छ। साथीभाइको साथ पाइनेछ। शैक्षिक क्षेत्रमा सुधार आउनेछ। आम्दानीका स्रोतहरू बढ्नेछन्। तर, सन्तानको स्वास्थ्यमा समस्या आउन सक्छ। पारिवारिक तनावको सम्भावना छ। धैर्यपूर्वक काम गर्नु लाभदायी हुनेछ।

प्रकाशित : बिहिबार, भदौ ०५, २०८२२०:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भदौ ७ गतेको राशिफल : कुशेऔंसीको दिन १२ राशिलाई शुभ – अशुभ कस्तो रहला ?