काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण मङ्सिर १ देखि २७ गतेसम्म आयोजना हुने भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले बिहीबार एक विज्ञप्ति जारी गर्दै नयाँ संस्करणको लिगको तालिका सार्वजनिक गरेको हो ।
यसपटकको प्रतियोगितामा गत संस्करणको विजेता जनकपुर बोल्ट्ससहित सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र विराटनगर किंग्स गरी आठ टोलीबीच उपाधिको लागि भीडन्त हुनेछ ।
फ्रेन्चाइज क्लबहरूले रिटेन र अक्सनमार्फत आ–आफ्ना घरेलु खेलाडी अनुबन्ध गरिसकेका छन् ।
अब विदेशी खेलाडी भर्ना र ट्यालेन्ट हन्ट कार्यक्रममार्फत नयाँ अनुबन्ध गर्ने प्रक्रियामा टोलीहरू सक्रिय छन् ।
क्यानका अनुसार कतिपय टोलीले तयारी अभियान थालिसकेका छन् । यसपटक त्रिवि क्रिकेट मैदानमा फ्लड लाइटसहित खेल सञ्चालन गरिने व्यवस्था गरिएको छ ।