भदौ ५ गतेको राशिफल : बिहिबार १२ राशिका दिन शुभ – अशुभ कस्तो रहला ?

भदौ ५ गतेको पञ्चाङ्ग
दिन : बिहीवार
तिथि : त्रयोदशी, १२:४६ बजेपछि चतुर्दशी
नक्षत्र : तिष्य, ०१:११ बजेपछि अश्लेषा
योग : व्यतीपात, १८:१७ बजेपछि वरियान्
करण : वणिज, १२:४६ बजेपछि भद्रा, २४:१३ बजेउप्रान्त शकुनि

मेष (Aries) – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

साथी र परिवारजनको सहयोगले व्यवसायमा सुधार आउनेछ। नाफामा वृद्धि देखिनेछ। अनावश्यक वादविवादबाट बच्नुपर्नेछ। उच्च अधिकारी वा वरिष्ठ व्यक्तिबाट सहयोग प्राप्त हुनेछ। करियरमा उन्नतिको अवसर मिल्नेछ। आमाको स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले ध्यान दिनुहोला। घरायसी समस्या बढ्न सक्छ। सञ्चित धनमा कमी आउने संभावना छ। विदेश यात्रा लाभदायी बन्न सक्छ। मन प्रसन्न रहनेछ तर बोलीमा संयमता अपनाउनुहोस्।

वृष (Taurus) – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

धैर्य र संयम आवश्यक छ। कार्यक्षेत्रमा परिवर्तन वा चुनौतीको सम्भावना छ। बोली मधुर रहनेछ, तर मन अस्थिर हुन सक्छ। दिनचर्या अव्यवस्थित बन्नेछ। खर्च बढ्ने सम्भावना छ। कहिले निराशा, कहिले सन्तोषको अनुभव हुनेछ। काममा बाधा आउन सक्छ र मिहिनेतको परिणाम ढिलो पाइनेछ। साथीहरूको सहयोगले केही राहत मिल्नेछ।

मिथुन (Gemini) – का, कि, कु, घ, ङ, छ, के, को, ह

आत्मविश्वास प्रबल हुनेछ। व्यापारमा विस्तार र आम्दानीमा वृद्धि हुनेछ। नयाँ आयस्रोत विकास हुनेछन्। विदेश यात्रा वा व्यापारिक अवसर प्राप्त हुन सक्छ। यात्रा लाभकारी हुनेछ। परिवारमा सामान्य मनमुटाव हुन सक्छ। कार्यस्थलमा बढी मिहिनेत गर्नुपर्नेछ। परिवारमा सुधारका संकेत देखिन्छन्। शैक्षिक क्षेत्रमा सानो अवरोध आउन सक्छ तर आम्दानीमा सुधार हुनेछ।

कर्कट (Cancer) – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

धैर्यता कायम राख्नुहोस्। आमा र आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुहोस्। जीवनयात्रा केही कठिन बन्न सक्छ। व्यापारमा सावधानी अपनाउनुहोस्। मानसिक अशान्ति र तनाव बढ्न सक्छ। दाजुभाइ वा नजिकका मानिसबाट सहयोग पाइनेछ। धार्मिक वा आध्यात्मिक क्रियाकलापमा रुचि बढ्नेछ। पढाइ–लेखाइमा राम्रो उपलब्धि मिल्नेछ। लामो समयदेखि चलिरहेको विवाद समाधान हुनेछ।

सिंह (Leo) – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

नोकरीमा उन्नतिको अवसर मिल्नेछ तर परिवारबाट टाढा अन्यत्र जानुपर्ने हुन सक्छ। यात्रामा समय खर्च हुनेछ। व्यवसायमा नाफा बढ्नेछ। मानसिक शान्ति अनुभव हुनेछ। पढाइ वा शैक्षिक क्षेत्रमा सम्मान पाउने सम्भावना छ। सन्तानतर्फबाट सुखद समाचार आउनेछ। मनमा निराशा वा असन्तुष्टिको भाव पनि देखिन सक्छ। पारिवारिक समस्या कम हुनेछन्। बुवाको सहयोग लाभदायी हुनेछ।

कन्या (Virgo) – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

घर–परिवारमा सुख शान्ति रहनेछ। सवारी साधन वा भौतिक सुख प्राप्त हुन सक्छ। कार्यक्षेत्रमा बढी मिहिनेत गर्नुपर्नेछ तर परिणाम सकारात्मक हुनेछ। मनमा उतारचढाव देखापर्नेछ। पदोन्नतिको अवसर मिल्नेछ। आम्दानी बढ्ने सम्भावना छ तर परिवारबाट टाढा बस्नुपर्ने हुन सक्छ। मानसिक शान्ति कायम हुनेछ। काममा केही कठिनाइ आउन सक्छ।

तुला (Libra) – र, रि, रु, रे, रो, ता, ति, तु, ते

मन अस्थिर रहनेछ, त्यसैले धैर्य आवश्यक छ। व्यापारमा नाफा बढ्नेछ। जीवनसाथीको स्वास्थ्यमा ध्यान दिनुहोस्। भावनामा नियन्त्रण राख्नुहोस्। नोकरीमा स्थानान्तरण वा परिवर्तनको सम्भावना छ। पितासँग विचारमा मतभेद हुन सक्छ। जीवन कठिन महसुस हुन सक्छ तर शैक्षिक क्षेत्रमा सफलता प्राप्त हुनेछ। अन्ततः सुख र सन्तुष्टिको अनुभव हुनेछ।

वृश्चिक (Scorpio) – तो, ना, नि, नु, ने, नो, या, यि, यु

आत्मअनुशासनमा रहनुहोस्। कार्यस्थलमा वरिष्ठहरूसँग विवाद नगर्नुहोस्। अतिरिक्त मिहिनेत गर्नुपर्नेछ। आत्मविश्वास बलियो हुनेछ तर क्रोध नियन्त्रण गर्नु आवश्यक छ। घरायसी समस्यामा ध्यान दिनुपर्छ। खर्च बढ्नेछ। अध्ययनतर्फ रुचि बढ्नेछ र सफलताप्राप्त हुनेछ। आम्दानी असन्तुलित रहन सक्छ।

धनु (Sagittarius) – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

कला, संगीत वा सिर्जनशील कार्यतर्फ झुकाव बढ्नेछ। व्यापार–व्यवसायमा व्यस्तता र नाफा बढ्नेछ। यात्रा लाभदायी हुनेछ। कहिले क्रोध त कहिले सन्तुष्टि अनुभव हुनेछ। पारिवारिक जिम्मेवारी बढ्नेछ। मान सम्मान प्राप्त हुनेछ। आलस्य बढ्नेछ तर इज्जतमा वृद्धि हुनेछ। खर्च बढ्दा चिन्ता बढ्नेछ। मिठो खानेकुराप्रति रुचि बढ्नेछ।

मकर (Capricorn) – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

आत्मविश्वास उच्च रहनेछ तर धैर्यको कमी हुनेछ। आमाबुबाको स्वास्थ्यमा ध्यान दिनुपर्छ। जीवनसाथीको सहयोग पाउनेछ। आलस्यले काममा असर पार्न सक्छ। दाजुभाइसँग विचारमा मतभेद हुन सक्छ। पढाइमा ध्यान आवश्यक छ। भावनामा नियन्त्रण गर्नुहोस्। टाढाको साथी फर्कन सक्छ। विदेश यात्रा सम्भावित छ।

कुम्भ (Aquarius) – गु, गे, गो, सा, सि, सु, से, सो, द

रोजगार खोज्नेहरूका लागि अवसर प्राप्त हुनेछ। नोकरीमा स्थानान्तरण वा अन्य ठाउँमा जाने योग छ। आम्दानी बढ्नेछ। जीवनसाथीको सहयोग हुनेछ। अत्यधिक खर्चले समस्या ल्याउन सक्छ। बोलीमा कठोरता नदेखाउनुस्। पढाइ–लेखाइमा सुधार हुनेछ।

मीन (Pisces) – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

परिवारमा सुख र शान्ति रहनेछ। अभिभावकको साथ प्राप्त हुनेछ। व्यापारमा नाफा बढ्नेछ तर दौडधुप बढ्नेछ। साथीहरूको सहयोग हुनेछ। धैर्यको आवश्यकता छ। काममा अधिकारीसँग मतभेद हुन सक्छ। प्रगतिका अवसरहरू खुल्नेछन्। सन्तान सुखमा वृद्धि हुनेछ। पढाइमा सकारात्मक परिणाम मिल्नेछ। यात्रामा सावधानी अपनाउनुहोस्।

प्रकाशित : बुधबार, भदौ ०४, २०८२२२:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :