भदौ ४ गतेको राशिफल : बुधबार १२ राशिका दिन शुभ – अशुभ कस्तो रहला ?

भदौ ४ गतेको पञ्चाङ्ग तथा राशिफल : 
दिन : बुधवार
तिथि : द्वादशी, १४:१० बजेपछि त्रयोदशी
नक्षत्र : पुनर्वशु, ०१:३८ बजेपछि तिष्य
योग : सिद्धि, २०:२३ बजेपछि व्यतीपात
करण : तैतिल, १४:१० बजेपछि गर, ०१:२५ बजेउप्रान्त वणिज

मेष (Aries) – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

तपाईंको स्वभाव केही उग्र र जिद्दी बन्न सक्छ। मेहनत गरेपछि भने अधुरो काम पूरा हुनेछ। स्वास्थ्य सामान्य रहनेछ तर खानपान र निद्रामा असन्तुलन आउन सक्छ। अनावश्यक अपराधबोध वा ग्लानि अनुभव हुनसक्छ। पानी र विपरीत लिंगीबाट दूरी बनाएर चल्नु उपयुक्त हुनेछ।

वृष (Taurus) – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

सरकारी कामकाज वा प्रशासनिक क्षेत्रबाट लाभ पाउन सक्नुहुन्छ। तपाईं संवेदनशील र भावनात्मक देखिनुहुनेछ। साहित्य, कला वा सिर्जनात्मक क्षेत्रमा योगदान दिन सक्ने दिन हुनेछ। आमासँग आत्मीय सम्बन्ध बढ्ने सम्भावना छ। छोटो दूरीको यात्रा हुने संकेत पनि देखिन्छ।

मिथुन (Gemini) – का, कि, कु, घ, ङ, छ, के, को, ह

दिनको सुरुवात उत्साह र उमङ्गसहित हुनेछ। योजनाअनुसार काम सम्पन्न हुने सम्भावना छ। आर्थिक व्यवस्थापन सहज बन्नेछ। सहकर्मी र व्यावसायिक साझेदारबाट सहयोग पाइनेछ। प्रियजन वा नजिकका साथीहरूसँगको भेटघाटले खुशी थपिनेछ।

कर्कट (Cancer) – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

परिवारमा सामान्य मनमुटाव हुनसक्छ तर समग्रमा दिन शुभ रहनेछ। शुभ समाचार र आर्थिक लाभको योग छ। दाम्पत्य जीवन सुखद हुनेछ र श्रीमती वा जीवनसाथीसँग रमाइलो समय बित्नेछ। शारीरिक तथा मानसिक स्वास्थ्य सामान्यत: राम्रो रहनेछ।

सिंह (Leo) – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

समाजमा प्रतिष्ठा र मान-सम्मान बढ्ने समय आएको छ। तर स्वास्थ्यमा केही कमजोरी आउन सक्छ। बोली र व्यवहारमा संयमता आवश्यक छ। भावुक बन्ने प्रवृत्ति बढ्न सक्छ। खर्च बढ्ने सम्भावना छ, त्यसैले खर्चमा नियन्त्रण गर्नु उपयुक्त हुन्छ।

कन्या (Virgo) – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

शारीरिक वा मानसिक तनाव अनुभव हुनसक्छ। तर विभिन्न क्षेत्रमा यश, किर्ति र लाभ पाइने योग छ। बृद्ध वा नजिकका साथीहरूसँग समय रमाइलो हुनेछ। दाम्पत्य जीवनमा मिठास आउनेछ। सन्तानतर्फबाट खुसी दिने समाचार सुन्न सक्नुहुन्छ।

तुला (Libra) – र, रि, रु, रे, रो, ता, ति, तु, ते

घर–परिवार र कार्यस्थल दुवैमा सकारात्मक वातावरण रहनेछ। स्वास्थ्य राम्रो हुनेछ। उच्च पदस्थ व्यक्तिबाट तपाईंको कामको प्रशंसा हुनेछ। आमाको पक्षबाट लाभ हुने सम्भावना छ। सरकारी वा कानुनी कार्यमा सफलता प्राप्त हुनेछ।

वृश्चिक (Scorpio) – तो, ना, नि, नु, ने, नो, या, यि, यु

शारीरिक र मानसिक थकान बढ्नेछ, जसको असर व्यवसाय वा पेशामा देखिन सक्छ। सन्तानसँग मतभेद हुनसक्छ। महत्त्वपूर्ण निर्णय लिनु अनुकूल समय होइन। संयम र धैर्य आवश्यक छ।

धनु (Sagittarius) – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

नयाँ काम सुरु नगर्नु उत्तम हुन्छ। घाँटी वा पेटसम्बन्धी समस्या आउन सक्छ। शल्यक्रिया वा स्वास्थ्यसम्बन्धी जटिल निर्णय टार्न प्रयास गर्नुहोस्। चिन्ता बढ्नेछ र खर्च पनि उच्च हुनसक्छ। बोली र व्यवहारमा सचेत रहनुहोस्।

मकर (Capricorn) – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

दैनिक कामसँगै रमाइलो र मनोरञ्जनमा समय बित्ने सम्भावना छ। स्वादिष्ट भोजन र साथीहरूसँग बाहिरी भ्रमणको योग छ। व्यापार र कामकाजमा प्रगति हुनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। स्वास्थ्य पनि सामान्यत: उत्तम रहनेछ।

कुम्भ (Aquarius) – गु, गे, गो, सा, सि, सु, से, सो, द

कार्यसम्पादनमा सफलता र नाम–प्रसिद्धि प्राप्त हुनेछ। परिवारमा सामञ्जस्यपूर्ण वातावरण रहनेछ। तन–मनमा ताजगी र ऊर्जा महसुस हुनेछ। तर खर्चमा वृद्दि हुनसक्छ, त्यसैले खर्चमा नियन्त्रण गर्नु उपयुक्त हुन्छ।

मीन (Pisces) – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

कल्पना शक्ति र सिर्जनशीलतामा वृद्धि हुनेछ। साहित्यिक वा कलात्मक कार्यका लागि दिन फलदायी हुनेछ। विद्यार्थीहरू अध्ययनमा राम्रो प्रगति गर्नेछन्। भावुकता र संवेदनशीलता बढी देखिन सक्छ। केही अनावश्यक डरले मनमा असर पार्न सक्छ। समग्रमा दिन अनुकूल रहनेछ।

प्रकाशित : मङ्गलबार, भदौ ०३, २०८२२१:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भदौ ५ गतेको राशिफल : बिहिबार १२ राशिका दिन शुभ – अशुभ कस्तो रहला ?