साउन २३ गतेको राशिफल : शुक्रबार १२ राशिका दिन शुभ – अशुभ कस्तो रहला ?

साउन २३ गतेको पञ्चाङ्ग
दिन : शुक्रवार
तिथि : चतुर्दशी, १३:४४ बजेपछि पूर्णिमा
नक्षत्र : उत्तराषाढा, १५:०७ बजेपछि श्रवण
योग : प्रीति, ०७:०७ बजेपछि आयुष्मान्
करण : वणिज, १३:४४ बजेपछि भद्रा, ०१:४० बजेउप्रान्त वव

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मित्रहरूसँगको भेटघाटले दिन रमाइलो हुनेछ। उनीहरूबाट उपहार प्राप्त हुनसक्छ, जसले मन प्रशन्न बनाउनेछ। खर्चमा केही वृद्धि भए पनि नयाँ मित्रता भविष्यमा फाइदाजनक हुनेछन्। सरकारी काममा सफलता मिल्ने सम्भावना छ। यात्रा र सन्तान पक्षबाट लाभको संकेत छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पेशागत क्षेत्रमा सफलता मिल्नेछ। नयाँ काम सुरु गर्न अनुकूल समय हो। उच्च पदाधिकारी र सहकर्मीहरूको सहयोग पाइनेछ। पदोन्नतिको सम्भावना छ। पारिवारिक जीवन सन्तोषजनक र सुखमय रहनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ काम सुरु गर्नको लागि समय उपयुक्त छैन। थकान र ऊर्जा अभाव अनुभव हुन सक्छ। पेट सम्बन्धी समस्याले सताउन सक्छ, सावधानी अपनाउनुहोस्। व्यवसायिक क्षेत्र पनि केही कमजोर देखिन्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिवारभित्र मतभेद हुने सम्भावना छ। क्रोध र बोलीमा संयम राख्नु आवश्यक छ। अत्यधिक खर्चले आर्थिक पक्षमा असर पर्न सक्छ। अनैतिक कार्य र वादविवादबाट टाढा रहनु उचित हुनेछ। सावधानी अपनाउनु आवश्यक देखिन्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दाम्पत्य सम्बन्धमा तनाव आउन सक्छ। स्वास्थ्य पक्ष पनि कमजोर रहन सक्छ। अनावश्यक वादविवाद र सहकर्मीहरूसँगको गलतफहमीबाट बच्नुहोस्। व्यवसायिक दृष्टिले समय अनुकूल छैन। यद्यपि, सामाजिक प्रतिष्ठा भने बढ्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शारीरिक र मानसिक स्फूर्तिले दिन उत्साहित बनाउनेछ। पारिवारिक वातावरण सुखद रहनेछ। सहकर्मीको राम्रो साथ मिल्नेछ। खर्च केही बढे पनि कार्यक्षेत्रमा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मध्यम फलदायी हुनेछ। सन्तान सम्बन्धी चिन्ता रहन सक्छ। विद्यार्थी वर्गका लागि समय अनुकूल छैन। नयाँ काम सुरु नगर्नु नै राम्रो हुनेछ। प्रिय व्यक्तिसँगको भेटले भने खुशी ल्याउनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
थकान र मानसिक तनावले असर गर्न सक्छ। आफन्तहरूसँग मतभेद उत्पन्न हुनसक्छ। खर्च अत्यधिक हुने सम्भावना छ। नयाँ कार्य सुरु गर्न अहिले समय उपयुक्त छैन।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ काम सुरु गर्न अनुकूल समय हो। दाजुभाइसँग सम्बन्धमा सुधार हुनेछ। पारिवारिक यात्राको सम्भावना छ। स्वास्थ्यमा सुधार आउँछ र भाग्य पनि साथ दिनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
क्रोध र बोलीमा संयम नपुर्‍याउँदा पारिवारिक कलह बढ्न सक्छ। शेयर बजारका लागि समय अनुकूल देखिन्छ। स्वास्थ्य राम्रो रहनेछ। विद्यार्थीहरूका लागि विशेष लाभदायक समय हो। आँखाको हेरचाह गर्नुहोला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दिन शुभ रहनेछ। स्वास्थ्य राम्रो रहनेछ र आध्यात्मिक अनुभव मिल्नेछ। परिवारसँग स्वादिष्ट भोजनको आनन्द लिने अवसर मिल्नेछ। आफन्त र साथीबाट उपहार प्राप्त हुनसक्छ, जसले मन हर्षित बनाउनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
खर्च बढ्दा आर्थिक स्थिति कमजोर हुन सक्छ। शारीरिक तथा मानसिक असहजता अनुभव हुनेछ। लगानी वा ऋण लेनदेनका लागि समय उपयुक्त छैन। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। पारिवारिक मतभेदको सम्भावना छ।

प्रकाशित : बिहिबार, साउन २३, २०८२२०:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

साप्ताहिक राशिफल : साउन २५ गतेदेखि साउन ३१ गतेसम्म १२ राशिका दिन शुभ – अशुभ कस्तो रहला ?