एनपिएल खेलाडी अक्सन यहीँ साउन महिनामै

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि खेलाडी अक्सन साउन २४ गते हुने भएको छ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै अक्सनको मिति सार्वजनिक गरेको हो।

क्यानका अनुसार असार २८ देखि साउन ६ गतेसम्म खुला गरिएको खेलाडी दर्ता प्रक्रियामा देशभरबाट ५५८ खेलाडीले नाम दर्ता गराएका छन्।

दर्ता भएका सबै खेलाडीको विवरण एनपिएलमा सहभागी आठवटै फ्रेन्चाइज टोलीहरूलाई पठाइसकिएको क्यानले जानकारी दिएको छ।

टोलीहरूले इच्छाएको खेलाडी र क्यानको प्राविधिक टोलीले तोकेको मापदण्डका आधारमा अक्सनमा सहभागी हुने अन्तिम खेलाडी सूची केही दिनमै सार्वजनिक गरिने बताइएको छ।

एनपिएलको दोस्रो संस्करण यस वर्ष नोभेम्बरदेखि डिसेम्बरसम्म आयोजना हुनेछ।

प्रकाशित : शनिबार, साउन ११, २०८२१६:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :