साउन ९ गतेको राशिफल : शुक्रबार १२ राशिका दिन शुभ – अशुभ कस्तो होला ?

साउन ०९ गतेको पञ्चाङ्ग

दिन : शुक्रवार
तिथि : प्रतिपदा, २३:५४ बजेपछि द्वितिय
नक्षत्र : तिष्य, १७:२१ बजेपछि अश्लेषा
योग : वज्र, ०९:३० बजेपछि सिद्धि
करण : किंस्तुघ्न, १२:२० बजेपछि वव, २३:५४ बजेउप्रान्त वालव

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries):
दिन आर्थिक र व्यावसायिक दृष्टिकोणले विशेष लाभदायक रहनेछ। नयाँ आर्थिक योजनाहरू बनाउने समय उत्तम हुनेछ। मानसिक र शारीरिक रूपले ताजगी महसुस गर्नुहुनेछ। साथीभाइ तथा परिवारसँग रमाइलो क्षण बित्नेछ। सामाजिक सम्बन्धहरू मजबुत बन्दै जानेछन्। व्यापारमा विस्तारको योजना सफलतापूर्वक अघि बढ्नेछ। दानपुण्य वा परोपकारी कार्यमा पनि मन जानेछ। सकारात्मक सोचले तपाईंलाई अझ अगाडि बढाउनेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus):
बोलिमा मिठास रहनेछ र तपाईंका विचारहरूले मानिसहरूलाई प्रभावित पार्नेछन्। छलफल र बैठकहरूमा तपाईंको धारणा सबैको ध्यान केन्द्रमा पर्नेछ। अध्ययन वा लेखनतर्फ रुचि बढ्नेछ। विद्यार्थीहरूका लागि समय अनुकूल छ, यद्यपि प्रयासअनुसार पूर्ण फल पाउन अलि कठिन हुन सक्छ। पाचन प्रणालीमा केही समस्या देखिन सक्छ, खानपानमा विशेष ध्यान दिनुहोस्। विचारहरूमा परिपक्वता आउने समय हो।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini):
नयाँ योजनाहरू सुरु गर्न उपयुक्त दिन हो। सरकारी वा प्रशासनिक पक्षबाट सहयोग प्राप्त हुन सक्छ। पेसागत जीवनमा उच्च अधिकारीहरूको साथ मिल्नेछ। स्वास्थ्य सामान्य रहला। लामो दूरीको यात्रा गर्ने सम्भावना छ। प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ। आत्मविश्वास र लगनशीलता तपाईंको सफलता सुनिश्चित गर्नेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer):
पेसा र व्यवसायमा प्रगतिको योग छ। उच्चपदस्थ व्यक्तिहरूसँग सम्बन्ध राम्रो रहनेछ। मानसिक रूपमा उत्साहित महसुस गर्नुहुनेछ। लामो दूरीको यात्राबाट लाभ मिल्नेछ। प्रतिस्पर्धात्मक क्षेत्रमा सफल हुनुहुनेछ। सामाजिक प्रतिष्ठा पनि बढ्नेछ। परिवारजनसँग सन्तुलन कायम गर्न प्रयास गर्नुहोस्।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo):
शारीरिक थकान र मानसिक असन्तुलनले दिन असर गर्न सक्छ। नकारात्मक सोचहरूले मन दुखाइरहनेछ। अरूसँग झुठा आशंका वा गलतफहमी उत्पन्न हुन सक्छ। पारिवारिक वातावरण अलि तनावपूर्ण बन्न सक्छ। अध्ययनमा ध्यान केन्द्रित गर्न गाह्रो पर्न सक्छ। कुनै अनैतिक कार्यप्रति आकर्षण हुनुहुदैन, अनुशासनमा रहनुहोस्।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo):
स्वास्थ्यसम्बन्धी समस्या र मानसिक अशान्तिको सामना गर्नुपर्नेछ। आँखासम्बन्धी समस्या देखा पर्न सक्छ। पारिवारिक सदस्यहरूसँग विचार नमिल्न सक्छ। खर्च अनियन्त्रित हुनसक्छ। कानुनी मामिलाहरूमा सतर्कता अपनाउनुहोस्। आत्मसंयम राख्न सके दिन नियन्त्रणमा रहन सक्नेछ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra):
शारीरिक र मानसिक रूपमा तपाईंमा उत्साह रहनेछ। व्यवसाय वा रोजगारीमा नयाँ अवसरहरू प्राप्त हुन सक्छन्। मित्रहरूसँग भेटघाट रमाइलो हुनेछ। दाम्पत्य जीवनमा पनि मधुरता आउनेछ। आर्थिक लाभ हुने सम्भावना उच्च छ। वैवाहिक सुख र घरायसी सन्तुलनको राम्रो समय हो।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio):
तपाईंका कामहरू सहज रूपमा पूरा हुनेछन्। पारिवारिक जीवन सुखद र आनन्दपूर्ण हुनेछ। सम्मान र प्रतिष्ठा बढ्नेछ। पेसागत प्रगति देखिनेछ। सीनियर वा बृद्धहरूको सहयोग प्राप्त हुनेछ। आर्थिक लाभका अवसरहरू प्राप्त हुनेछन्। सन्तानको उन्नतिले मन प्रसन्न रहनेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius):
शारीरिक थकान र बेचैनीले काममा असर पर्न सक्छ। मानसिक अशान्तिले निर्णय क्षमतामा प्रभाव पार्न सक्छ। यात्राको योजना छ भने स्थगित गर्नु राम्रो हुनेछ। सन्तानसँग सम्बन्धित चिन्ताले सताउन सक्छ। भाग्यको साथ अलिक कमजोर देखिन्छ, त्यसैले धैर्यपूर्वक काम गर्नुहोस्।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn):
स्वास्थ्यमा समस्या आउन सक्छ, विशेषगरी खानपानमा ध्यान दिनु पर्नेछ। बृद्ध वा घरपरिवारसँग सम्बन्धित खर्च बढ्न सक्छ। क्रोध र नकारात्मक सोचबाट टाढा रहनुहोस्। काममा केही अवरोधहरू आउन सक्छन्, संयमता र स्थिरताले परिस्थिति सुधार्न मद्दत गर्नेछ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius):
उच्च आत्मविश्वास र सकारात्मक सोचले दिन उज्यालो बनाउनेछ। प्रेम सम्बन्धहरू प्रगाढ हुनेछन्। नयाँ साथीहरूसँग चिनजान र मित्रता बढ्नेछ। रमाइलो भ्रमण र नयाँ लुगा–खानामा मन जानेछ। सार्वजनिक जीवनमा मान–सम्मान प्राप्त हुने समय हो। हर्षित रहने क्षणहरू प्रशस्तै हुनेछन्।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces):
घरको वातावरण सुखद र आनन्दमय रहनेछ, जसले तपाईंलाई दैनिक कामहरूमा उत्साहित बनाउनेछ। बोलिचालिमा संयमता अपनाउनुहोस्, नत्र विवादको स्थिति आउन सक्छ। स्वास्थ्य सामान्य रूपमा राम्रो रहनेछ। आत्मबल बढ्नेछ र कामहरूमा मन लाग्नेछ। विचारमा स्थिरता आवश्यक छ।

प्रकाशित : बिहिबार, साउन ०९, २०८२१९:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

साउन १० गतेको राशिफल : शनिबार १२ राशिका दिन शुभ – अशुभ कस्तो रहला ?