आज सोमबार यी ५ राशिका सुनौलो दिन, मिल्नेछ चौतर्फी लाभ

काठमाडौँ : आज साउन ५ गते श्रावनको दोश्रो सोमबार हो। यसका साथै आज कामिका एकादशीको शुभ संयोग पनि परेको छ। यस्तो अवस्थामा यो दिन केही राशिहरूका लागि शुभ रहन सक्छ। आउनुहोस्, हेरौँ कुन–कुन राशिका लागि यो दिन राम्रो रहनेछ।

वृष राशि

तपाईका लागि यो दिन निकै विशेष रहनेछ। धनमा वृद्धि हुनेछ र परिवारसँग खुशीका पल बिताउने मौका मिल्नेछ। घरमा सुख–शान्तिको वातावरण रहनेछ। जागिर वा व्यापारमा नयाँ अवसरहरू प्राप्त हुनेछन्, जसले गर्दा तपाईको आम्दानी बढ्न सक्छ। सम्बन्धहरूमा प्रेम र समझदारी बढ्नेछ। मानिसहरू तपाईका विचार र कार्यको प्रशंसा गर्नेछन्।

सिंह राशि

यो दिन तपाईको आत्मविश्वास चरममा रहनेछ। सिर्जनात्मक कार्यहरू जस्तै कला, लेखन वा कुनै नयाँ परियोजनामा तपाईलाई ठूलो सफलता मिल्नेछ। धन लाभका उत्कृष्ट योगहरू बन्नेछन्। त्यो पुराना लगानीबाट होस् या कुनै नयाँ अवसरबाट, तपाईलाई धन लाभ अवश्य हुनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ र मानिसहरू तपाईका कुरा गम्भीरतापूर्वक लिनेछन्।

तुला राशि

यो दिन तपाईका लागि धन र खुशी लिएर आउनेछ। व्यापार वा जागिरमा राम्रा अवसरहरू प्राप्त हुनेछन्, जसबाट तपाईको आम्दानी बढ्नेछ। साथीभाइ र आफन्तजनबाट पूरै सहयोग मिल्नेछ। सिर्जनात्मक कार्यहरू उत्कृष्ट रूपमा सम्पन्न गर्नुहुनेछ। तपाईको सामाजिक छवि पनि मजबुत बन्नेछ। साथै, मन प्रशन्न रहनेछ र जीवनमा उत्साह कायम रहनेछ।

वृश्चिक राशि

यो दिन तपाईको करियरमा प्रगतिको बाटो खुल्नेछ। पुराना लगानी वा व्यापारिक सम्झौताबाट अचानक धन लाभ हुन सक्नेछ। स्वास्थ्य राम्रो रहनेछ, जसले गर्दा तपाई उत्साह र ऊर्जाले भरिपूर्ण हुनुहुनेछ। मानिसहरूले तपाईको काम र मेहनतको प्रशंसा गर्नेछन्। परिवार र साथीहरूका साथमा बिताएको समय रमाइलो र सुखद रहनेछ।

धनु राशि

पढाइ, यात्रा वा आध्यात्मिक कार्यहरूमा तपाईलाई ठूलो सफलता मिल्नेछ। धन लाभका नयाँ मार्गहरू खुल्नेछन् र तपाईको आर्थिक स्थिति मजबुत बन्नेछ। परिवार र साथीहरूका साथ खुशीका पल बिताउने अवसर प्राप्त हुनेछ। तपाईको बुद्धि र समझदारीको मानिसहरूले प्रशंसा गर्नेछन्, र सामाजिक प्रतिष्ठा बढ्नेछ।

प्रकाशित : सोमबार, साउन ०६, २०८२०९:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

साउन ६ गतेको राशिफल : मङ्गलबार १२ राशिका दिन शुभ – अशुभ कस्तो होला ?