भारतमा प्रशिक्षणको लागि २० खेलाडीको नाम सार्वजनिक, १२ खेलाडी बाहिरिए

काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान)ले भारतमा आयोजना हुने बन्द प्रशिक्षणका लागि २० जना क्रिकेट खेलाडीको नाम सार्वजनिक गरेको छ।

शुक्रबार क्यानले आइसिसी टी–२० विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत हुने प्रशिक्षणका लागि खेलाडी छनोट गरेको हो।

यो प्रशिक्षण भारतको बैंगलोरुस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा हुनेछ, जसको आयोजना भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई)को सहयोगमा गरिनेछ।

साउन ५ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने यस प्रशिक्षणमा पहिलो चरणमा सहभागी १२ खेलाडी भने यो सूचीबाट बाहिरिएका छन्।

भारतमा प्रशिक्षणमा सहभागी हुने खेलाडी

रोहितकुमार पौडेल, कुशल भुर्तेल, आशिफ शेख, लोकेश बम, अनिलकुमार साह, भीम सार्की, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, रुपेशकुमार सिंह, विवेककुमार यादव, रिजन ढकाल, प्रतिश जिसी, नन्दन यादव, युवराज खत्री, साहब आलम, सन्दिप जोरा, सागर ढकाल, आकाश चन्द, शुभ कंसाकार

प्रकाशित : शनिबार, साउन ०४, २०८२००:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दुई पटक टी-२० विश्वकप खेलेको नेपाल तेश्रो पटक खेल्नको लागि डटेर तयारी गर्दै