साउन २ गतेको राशिफल : शुक्रबार १२ राशिका दिन शुभ – अशुभ कस्तो रहला ?

साउन २ गतेको पञ्चाङ्ग

दिन : शुक्रवार
तिथि : अष्टमी, १५:४२ बजेपछि नवमी
नक्षत्र : अश्विनी, ०१:४५ बजेपछि भरणी
योग : सुकर्मा, ०७:१७ बजेपछि धृति, ०४:१६ बजेउप्रान्त शूल
करण : कौलव, १५:४२ बजेपछि तैतिल, ०२:२८ बजेउप्रान्त गर

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries):
कुनै पनि प्रकारको संकटमा नपर्न विशेष सावधानी आवश्यक छ। प्रेमसम्बन्धी सहयोगको कारण उच्च अधिकारीसँगको सम्बन्धबाट कार्यसम्पादन सहज हुनेछ। तिव्र वा आक्रोशपूर्ण विवादबाट टाढा रहनु उपयुक्त हुनेछ। भाग्यले साथ नदिने भएकाले कुनै ठूलो निर्णय नलिनुहोला। कार्यसफलता प्राप्त गर्न केही संघर्ष गर्नुपर्ने समय हो। यद्यपि, मध्यान्नपछि अवस्था क्रमशः सुधार हुँदै जानेछ। घरपरिवारमा सुखद वातावरण रहनेछ। उच्च अधिकारीहरू तपाईंप्रति प्रसन्न रहनेछन्, जसका कारण पदोन्नतिको सम्भावना छ। आर्थिक योजना अनुसार लाभ मिल्ने संकेत छ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus):
अत्यधिक भावुकताले तपाईंलाई कमजोर बनाइदिन सक्छ। स्वास्थ्यमा नकारात्मक असर पर्नसक्छ, विशेष गरी मानसिक तनाव र थकान बढ्न सक्छ। नयाँ काम सुरु नगर्नु नै उपयुक्त हुनेछ। बोलिचालिमा संयमता अपनाउनुहोस् र आहारमा सचेत हुनुहोला। व्यवसायिक क्षेत्रमा केही अवरोध देखिन्छ। उच्च पदस्थ व्यक्तिसँग मतभेदको सम्भावना रहनाले सजग रहनु आवश्यक छ। प्रतिस्पर्धीसँग विवादको सम्भावना भएकाले विवादबाट टाढा रहनु राम्रो हुनेछ। सफलतामा ढिलाइ भए पनि धैर्य अपनाउनुहोला।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini):
मनोरञ्जनात्मक गतिविधिहरूमा रुचि बढ्नेछ। साथीसँगीहरूसँग रमाइलो यात्रा वा जमघटको सम्भावना छ। सौन्दर्य र विलासिता सम्बन्धी वस्तुहरूमा खर्च बढ्नेछ। तर मध्यान्नपछि मनमा असन्तुलन र भावनात्मक चञ्चलता आउने देखिन्छ। अनावश्यक खर्च बढ्न सक्छ। नैतिक मूल्यविपरीतका कार्यहरूबाट टाढा रहनु अत्यन्त जरुरी छ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer):
व्यावसायिक वातावरण तपाईंको पक्षमा रहनेछ। माईतीतर्फबाट सुखद समाचार प्राप्त हुने सम्भावना छ। पारिवारिक वातावरण पनि सहयोगी र उत्साहवर्धक रहनेछ। यद्यपि प्रतिस्पर्धाबाट प्रत्यक्ष फाइदा पाउने सम्भावना कम छ। तपाईं मानसिक र शारीरिक रूपमा सशक्त अनुभव गर्नुहुनेछ। बुद्धिचाल र तर्कशक्ति प्रस्तुत गर्न अनुकूल समय हो। सामाजिक सम्मान र प्रतिष्ठा प्राप्त हुने योग रहेको छ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo):
प्रणयसम्बन्धका लागि दिन अनुकूल रहेको छ। तर रिस र आक्रोशमा नियन्त्रण राख्नु जरुरी छ। पेट सम्बन्धी समस्याले स्वास्थ्यमा समस्या आउन सक्छ। मध्यान्नपछि पारिवारिक वातावरण रमाइलो र सुखद रहनेछ। मानसिक रूपमा शान्ति र उत्साह अनुभव हुनेछ। व्यावसायिक लाभ हुनेछ र सहकर्मीको साथले काममा ऊर्जा थपिनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्ने सक्ने क्षमताको विकास हुनेछ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo):
शारीरिक ऊर्जा र मानसिक स्फूर्ति केही कमजोर देखिन्छ। सामाजिकरूपमा अनावश्यक आलोचना वा अपमानको सम्भावना रहेकोले सावधानी अपनाउनुहोला। वित्तीय पक्ष कमजोर हुन सक्छ। कार्यमा अपेक्षित सफलता नआउँदा निराशा बढ्न सक्छ। सन्तानको विषयले केही तनाव दिन सक्छ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra):
नयाँ कार्यको शुभारम्भ गर्न दिन उपयुक्त छ। प्रियजनसँगको भेटघाटले मन प्रसन्न हुनेछ। भाग्यको साथ रहनेछ र सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। मध्यान्नपछि भने मनमा खिन्नता छाउने सम्भावना छ। स्वास्थ्यमा कमजोरी देखिन सक्छ। पारिवारिक वातावरणमा केही तनाव उत्पन्न हुनसक्छ। स्थायी सम्पत्तिसम्बन्धी कागजातमा विशेष सावधानी अपनाउनु जरुरी छ। आमाको स्वास्थ्यमा पनि समस्या आउन सक्ने सम्भावना देखिन्छ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio):
पूर्वनिर्धारित कार्य समयमै पुरा नहुनाले निराशा उत्पन्न हुनसक्छ। महत्वपूर्ण निर्णयहरू लिन हतार नगर्नु राम्रो हुनेछ। पारिवारिक विवादको सम्भावना देखिएकोले संयमता अपनाउनुहोला। मध्यान्नपछि परिवार र दाजुभाइहरूसँग रमाइलो समय बिताउन पाउनु हुनेछ। प्रतिस्पर्धीहरूलाई सहजै जित्न सकिनेछ। स्वास्थ्य सन्तुलनमा रहनेछ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius):
तपाईंका लागि अति लाभदायी रहनेछ। सबै कार्यमा सफलता मिल्नेछ र आर्थिक पक्ष बलियो रहनेछ। शारीरिक तथा मानसिक रूपमा स्फूर्तिभाव अनुभव हुनेछ। कुनै रमणीय स्थानमा यात्राको सम्भावना पनि देखिन्छ। मध्यान्नपछि भने मनमा केही अन्योलता र दुविधा उत्पन्न हुनसक्छ। घर र कार्यस्थल दुवै क्षेत्रमा व्यस्तता रहनेछ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn):
तपाईंको बोली र व्यवहारले विवाद उत्पन्न गराउन सक्छ, त्यसैले सावधानी अपनाउनुहोला। क्रोध नियन्त्रणमा राख्नु उपयुक्त हुनेछ। आध्यात्मिकता अपनाउँदा मानसिक शान्ति मिल्नेछ। मध्यान्नपछि उत्साह र सकारात्मक ऊर्जा प्राप्त हुनेछ। घरपरिवारमा हर्षोल्लास छाउनेछ। कुनै शुभ अवसरमा सहभागी हुने सम्भावना पनि देखिन्छ। वैवाहिक जीवन सुखमय रहने संकेत छ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius):
दिन लाभदायक रहनेछ। सामाजिक रूपमा सक्रिय भइनेछ। विवाह योग्य व्यक्तिहरूको लागि अनुकूल प्रस्ताव आउने सम्भावना छ। मध्यान्नपछि घरको वातावरणमा तनाव आउन सक्छ। स्वास्थ्यमा पनि समस्या देखिन सक्छ, विशेषतः शरीरमा कमजोरी महसुस हुन सक्छ। अनावश्यक खर्चको सम्भावना बढ्नेछ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces):
बहुपक्षीय रूपमा लाभदायी रहनेछ। परोपकारी कार्यहरूमा संलग्न हुने अवसर मिल्नेछ। व्यवसायमा योजना अनुसार कार्य गरेमा राम्रो लाभ प्राप्त हुनेछ। उच्च अधिकारीहरूले तपाईंको कामको खुलेर प्रशंसा गर्नेछन्। व्यवसाय सम्बन्धी यात्राको योग देखिन्छ। पिताको आशिर्वाद र ज्येष्ठ व्यक्तिहरूको सहयोगले तपाईको उन्नतिमा सहुलियत मिल्नेछ।

प्रकाशित : बिहिबार, साउन ०२, २०८२२०:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

साउन ३ गतेको राशिफल : शनिबार १२ राशिका दिन शुभ – अशुभ कस्तो होला ?