साउन महिनाको मासिक राशिफल
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries):
यो महिना तपाईंलाई मानसिक द्वन्द्वले ग्रस्त बनाउने सम्भावना देखिन्छ, जसले निर्णय क्षमतामा असर पार्न सक्छ। शारीरिक रूपमा पनि सामान्य कमजोरी वा असहजता हुनसक्छ। प्रयास गरिएका कार्यहरूमा केही ढिलासुस्ती र अवरोध देखिए पनि निरन्तर प्रयासले सफलता पाउन सकिन्छ। अध्ययन, अध्यापन, र धार्मिक–बौद्धिक गतिविधिहरूप्रति रुचि बढ्नेछ। केही विश्वासघातको संकेत देखिँदा साथीको चयनमा सतर्कता अपनाउनु होला। महिनाको प्रारम्भमा पारिवारिक जमघट, सामाजिक सक्रियता र मानसम्मान प्राप्त हुनेछ भने अन्त्यतिर खर्चमा वृद्धिको सम्भावना देखिन्छ।
वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus):
यो महिना सफलता र उन्नतिको समय बन्न सक्छ। आत्मबल बढ्नेछ र आर्थिक रूपमा पनि सुधार देखिनेछ। उत्साह र जोशले काममा उत्कृष्टता हासिल हुनेछ। यद्यपि बोलीमा सावधानी अपनाउनुहोला, नत्र आलोचना सहनुपर्ने हुन सक्छ। सामान्य चोटपटकको सम्भावना रहेकाले सवारी वा यात्रामा ध्यान दिनुहोस्। आर्थिक कारोबारमा सतर्क रहनु उचित हुनेछ। साथीभाइको सहयोगले महत्त्वपूर्ण काम बन्नेछन्। महिनाको उत्तरार्धमा पारिवारिक सुख, धन आगमन र मनोरञ्जनको राम्रो अवसर प्राप्त हुनेछ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini):
महिनाको शुरुवातमा आर्थिक हानिको सम्भावना छ, त्यसैले लेनदेनमा सावधानी आवश्यक छ। अनावश्यक खर्च बढ्न सक्छ। धार्मिक तथा सामाजिक कार्यमा मन जानेछ। पठनपाठन र बौद्धिक गतिविधिमा पनि रुचि देखिनेछ। तर, सानातिना कुरामा विवाद बढ्नसक्ने भएकाले बोलीमा ध्यान दिनुहोस्। आफन्त र साथीहरूको सहयोगले महत्त्वपूर्ण कार्य सफल हुनेछन्। महिनाको उत्तरार्धमा प्रेम जीवन, सम्मान प्राप्ति, प्रतिस्पर्धामा विजय र धन प्राप्तिको राम्रो योग देखिन्छ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer):
गर्न लागेको काममा अनायासै अवरोध र खर्चको वृद्धिले तनाव दिन सक्छ। घरायसी जिम्मेवारी बढ्न सक्छ। सवारी वा यात्रा गर्दा विशेष सतर्कता आवश्यक छ। कार्य व्यस्तता बढ्दा थकान बढ्न सक्छ। नकारात्मक टिप्पणी गर्नेहरूबाट सावधान रहनुहोला। महिनाको उत्तरार्धमा धार्मिक कार्यमा संलग्नता, धन लाभ, यात्रा, मनोरञ्जन र उपहार प्राप्तिको सम्भावना देखिन्छ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo):
कार्य व्यस्तताले शारीरिक थकान ल्याउनेछ। खर्चमा वृद्धि र मानसिक भ्रम देखिन्छ। तर, पठनपाठन तथा बौद्धिक रुचिमा वृद्घि हुनेछ। केहीले तपाईंको कुरा काट्ने वा काम बिगार्ने प्रयास गर्न सक्छन्। धार्मिक तथा सामाजिक क्रियाकलापमा मन लाग्नेछ। महिनाको पहिलो भागमा आकस्मिक यात्रा हुनसक्छ भने अन्त्यतिर पारिवारिक सुख र मनोरञ्जनको अवसर मिल्नेछ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo):
ग्रहहरूको अनुकूलताले तपाईंको आत्मबल उच्च रहनेछ र कार्यक्षमता पनि राम्रो देखिनेछ। आँटेका कार्यहरू सफल हुनेछन्, प्रतिस्पर्धामा पनि सफलता पाउने सम्भावना छ। आर्थिक पक्ष सुदृढ रहनेछ। कर्मचारीहरूले पदोन्नति र सम्मान पाउनेछन् भने व्यवसायमा राम्रो लाभ हुने सम्भावना छ। यद्यपि अध्ययन क्षेत्रमा केही अवरोध देखिन सक्छ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra):
योजना अनुसार काम सफल हुनेछन्। आत्मबल उच्च रहेर कार्यक्षमता बढ्नेछ। रोकिएका कामहरू पुरा हुनेछन्। आर्थिक काममा सन्तोषजनक उपलब्धि प्राप्त हुनेछ। धार्मिक तथा सामाजिक काममा सहभागी हुनुपर्नेछ। मित्रहरूसँगको भेटघाट र रमाइलो समय बित्नेछ। प्रारम्भमा केही दौडधूप र चिन्ता भए पनि अन्त्यमा सफलता र आनन्द प्राप्त हुनेछ।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio):
व्यस्तताले शारीरिक थकान दिन सक्छ। महिनाको सुरुवातमा अवरोध र दौडधूप बढी हुनेछ, तर अन्त्यमा अवस्था सुधारिनेछ। सामान्य रुघाखोकीले पनि सताउन सक्छ। उत्तरार्धमा आर्थिक लाभ, प्रतिस्पर्धामा सफलता, रमाइलो यात्रा र मनोरञ्जनको अवसर मिल्नेछ। अध्ययनमा केही अवरोध हुनसक्छ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius):
स्वास्थ्यमा सामान्य समस्या आउनसक्छ, खानपानमा ध्यान दिनुहोस्। अनावश्यक खर्च बढ्न सक्छ। नयाँ योजना वा ठूलो लगानी नगर्नु राम्रो हुनेछ। केहीले तपाईंको काममा बाधा पुर्याउने प्रयास गर्न सक्छन्, त्यसैले सतर्क रहनुहोस्। प्रारम्भमा अवरोध देखिए पनि उत्तरार्धमा सफलता र विजय सम्भव छ। धार्मिक झुकाव र आकस्मिक यात्राको योग छ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn):
महिनाको प्रारम्भमा व्यर्थको दौडधूप र खर्च बढ्नेछ। यात्रा गर्दा हानिनोक्सानीको सम्भावना रहेकाले सचेत रहनुहोस्। प्रयास गरिएका काममा ढिलाइ र अवरोध आउनसक्छ। सन्तान र परिवारको चिन्ताले मन अशान्त बनाउन सक्छ। अध्ययनमा ढिलासुस्ती देखिन्छ। महिनाको अन्त्यतिर भने सफलता, धनलाभ र रमाइलो समय बित्नेछ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius):
स्वास्थ्य सन्तोषजनक रहनेछ। रोकिएका कार्यहरू पुरा हुँदै जानेछन्। आत्मबल र कार्यक्षमता दुबै बढ्नेछ। यद्यपि पारिवारिक चिन्ताले मन तनावग्रस्त हुन सक्छ। भाग्यको साथले आर्थिक लाभ पाउने सम्भावना छ। कर्मचारी वर्गले सम्मान वा पदोन्नति पाउन सक्छन्। अध्ययनमा प्रगति केही सुस्त देखिए पनि महिनाको अन्त्यमा रमाइलो यात्रा र मनोरञ्जनको अवसर मिल्नेछ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces):
मानसिक द्वन्द्व र व्यस्तता बढ्नसक्छ। शारीरिक श्रमले थकान दिनेछ तर स्वास्थ्य सामान्य रहन सक्छ। अध्ययनमा अवरोध देखिनेछ। गलत व्यक्तिसँगको संगतले समस्या ल्याउन सक्छ, त्यसैले सावधान रहनुहोस्। वैवाहिक सम्बन्धमा सानातिना असमझदारी आउन सक्छ। सन्तान र पारिवारिक जिम्मेवारीले बोझ बढ्न सक्छ। महिनाको उत्तरार्धमा धनलाभ र रमाइलो अवसरहरू मिल्नेछन्।