काठमाडौँ : वैदिक ज्योतिषमा ग्रहहरूको चालको विशेष महत्त्व छ। ग्रह र नक्षत्रहरूको चालले सबै १२ राशिलाई शुभ-अशुभ प्रभाव पार्छ। ग्रहहरूको चलनका कारण कतिपय राशिले शुभ फल मिल्छ भने कतिपय राशिले अशुभ फल प्राप्त गर्छ । साप्ताहिक राशिफलको गणना ग्रहहरूको चालबाट गरिन्छ। असार २८ गतेदेखि असार साउन २ गतेसम्म यो साता केही राशिका लागि धेरै शुभ रहने छ, त्यसैले केही राशिका व्यक्तिहरूले सावधानी अपनाउनु पर्ने देखिन्छ। हेर्नुहोस् यस साताको राशिफल…..
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ:
यस साता तपाईंको रुचि शैक्षिक तथा बौद्धिक गतिविधितर्फ बढ्नेछ। अध्ययनको क्षेत्रमा राम्रो उपलब्धि हासिल गर्न सकिनेछ। मानसिक रूपले पनि सन्तुलित महसुस गर्नुहुनेछ। परिवारमा सुख, शान्ति र समझदारीको वातावरण बन्नेछ।
वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो:
मन फुरुङ्ग भए पनि आत्मविश्वास केही कमजोर देखिन सक्छ। पारिवारिक सम्बन्धमा केही उतारचढाव आउन सक्छ। तर, बुवाको सहयोगले कठिन समय सहज बन्नेछ। व्यापारमा केही चुनौतीहरू देखा पर्न सक्छन्। साथीहरूको साथ सहयोग लाभदायक रहनेछ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह:
यस साता तपाईंको मनमा केही नकारात्मक विचारले प्रभाव पार्न सक्छ। संयमता अपनाउनु उचित हुनेछ। आमाको स्वास्थ्यमा ध्यान पुर्याउनुहोस्। अध्ययन वा परीक्षामा राम्रो उपलब्धि मिल्ने सम्भावना देखिन्छ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो:
धैर्य कायम राख्नुपर्ने समय हो। क्रोध र विवादबाट टाढा रहनु बुद्धिमानी हुनेछ। स्वास्थ्यमा पनि सन्तुलन आवश्यक देखिन्छ। काममा उच्च पदाधिकारीको समर्थन मिल्नेछ। दैनिक कार्यहरूमा व्यस्तता बढ्नेछ। अध्ययनमा केही अड्चन देखिन सक्छ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे:
पुराना साथीहरूसँग पुनः सम्पर्क हुने सम्भावना छ। पढाइलेखाइबाट सन्तोषजनक नतिजा पाइनेछ। रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ। स्वास्थ्यमा केही समस्या आउनसक्छ, सावधानी अपनाउनुहोस्। आकस्मिक धनलाभको सम्भावना देखिन्छ।
कन्या राशि – टो, पा, पि, पु, ष, ण, ठ, पे, पो:
मन शान्त रहनेछ तर आत्मविश्वास घट्न सक्छ। खर्च बढ्नेछ भने आम्दानीका स्रोतहरू घट्न सक्छन्। तथापि, साथीभाइको सहयोगले नयाँ आम्दानीको उपाय भेटिन सक्छ। आर्थिक विषयमा सोचविचारपूर्वक निर्णय लिनु उपयुक्त हुनेछ।
तुला राशि – रा, रि, रु, रे, रो, ता, ति, तु, ते:
मन केही खिन्न रहन सक्छ। संयमता र धैर्य आवश्यक देखिन्छ। परिवारसँग धार्मिक यात्राको योजना बन्नेछ। साथीहरूको साथ सहयोग पाउनेछ। कामको चाप बढ्न सक्छ र दैनिक कार्यमा दौडधुप गर्नुपर्ने अवस्था आउन सक्छ।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु:
मनोभावमा उतारचढाव आउनेछ। कहिले उत्साहित त कहिले निराश महसुस हुन सक्छ। काममा उन्नतिको अवसर मिल्नेछ। सरकारी वा प्रशासनिक कार्यमा सहकार्य सम्भव छ। माताको साथ र समर्थनले आत्मबल बढ्नेछ।
धनु राशि – ये, यो, भा, भि, भु, ध, फा, ढ, भे:
साताको आरम्भमा बोली मधुर रहनेछ। तर धैर्य कायम राख्नु अत्यन्त जरूरी हुनेछ। पढाइमा सफलता मिल्ने संकेत छन्। छोराछोरीको स्वास्थ्यप्रति सचेत रहनुहोस्। लामो यात्राको योग देखिन्छ, जुन लाभदायक रहनेछ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि:
मनमा उत्साह र निराशाको दोधार आउनेछ। नकारात्मक सोचबाट प्रभावित हुन सक्ने सम्भावना छ, त्यसैले सकारात्मक दृष्टिकोण आवश्यक छ। स्वास्थ्यतर्फ विशेष ध्यान पुर्याउनुहोस्। शत्रुमाथि विजय मिल्नेछ। काममा जिम्मेवारीको भार बढ्नेछ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, दा:
मन केही उदास रहने सम्भावना छ। संयमता आवश्यक हुनेछ। कार्य क्षेत्रमा परिवारको साथ पाउनुहुनेछ। व्यापारमा केही सुधार देखिन्छ। आम्दानीका नयाँ अवसर देखा पर्नेछ। जागिरमा परिवर्तनको संकेत पनि देखिन्छ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, चा, चि:
साताको सुरुवातमा मन प्रसन्न रहनेछ। तर बोली र व्यवहारमा सन्तुलन राख्नुपर्छ। धैर्यता आवश्यक हुनेछ। पढाइमा ध्यान केन्द्रित गर्नुपर्ने समय हो। दैनिक जीवनमा व्यस्तता बढ्नेछ। स्वास्थ्यमा क्रमशः सुधार देखिन सक्छ।