पञ्चाङ्ग अनुसार, आइतबार २०८२ असार २२ गते (२०२५ जुलाई ६) दिउँसो १:४७ बजे केतुले पूर्वाफाल्गुनी नक्षत्रमा प्रवेश गर्नेछ। यस नक्षत्रमा केतुको पूर्ण गोचर आइतबार २०८२ साउन ४ गते (२०२५ जुलाई २०) दिउँसो २:२५ बजे हुनेछ। राहु र केतु छायाग्रह हुन्, जुन सधैं वक्री अवस्थामा रहन्छन्। वक्री अवस्थाका कारण यी ग्रहहरू पहिले आभासी रूपमा राशिमा प्रवेश गर्छन् र त्यसपछि केही समयपछि मात्र पूर्ण गोचर हुन्छ।
केतुको उत्तराफाल्गुनी नक्षत्रबाट पूर्वाफाल्गुनी नक्षत्रमा प्रवेशले सबै राशिहरूमा गहिरो र व्यापक प्रभाव पर्नेछ। तर, ज्योतिषाचार्यका अनुसार, केतुको यस नक्षत्रमा स्थितिले तीन राशीहरूको सुतेको भाग्य जाग्न सक्छ र ती राशीहरूका विशेष प्रयासहरूले आम्दानीको गति तीव्र हुन सक्छ। अब हेरौँ, ती भाग्यमानी राशीहरू कुन–कुन हुन्।
वृष राशि
केतुको पूर्वाफाल्गुनी नक्षत्रमा हुने गोचर वृष राशिका लागि अत्यन्त लाभदायक रहनेछ। यस गोचरको समयमा तपाईले आफ्नो सिर्जनात्मकता र नेतृत्व क्षमताको भरपूर लाभ उठाउन सक्नुहुनेछ। कार्यक्षेत्रमा तपाईको छवि सकारात्मक रूपमा सुधारिनेछ, र पहिल्यै अधुरो रहेका प्रोजेक्टहरूमा सफलता मिल्ने सम्भावना छ।
यदि तपाई कुनै प्रतियोगी परीक्षा वा अन्तर्वार्ताको तयारीमा हुनुहुन्छ भने, यो समय तपाईका लागि अनुकूल रहनेछ। पारिवारिक जीवनमा पनि सन्तुलन कायम रहनेछ र खर्चको तुलनामा आम्दानी बढ्ने संकेत छन्। विशेष प्रयास गरेमा अचानक आर्थिक लाभ वा लगानीबाट मुनाफा प्राप्त हुने सम्भावना छ।
तुला राशि
तुला राशिका लागि यो गोचरले मानसिक स्पष्टता र सन्तुलन ल्याउनेछ। तपाईको निर्णय क्षमता मजबुत बन्नेछ र आफ्ना लक्ष्यहरूलाई स्पष्ट रूपमा देख्न सक्नुहुनेछ। रोजगारीमा संलग्न व्यक्तिहरूलाई पदोन्नति वा तलबवृद्धिको सम्भावना रहनेछ भने, व्यापारमा संलग्नहरूलाई पुराना रोकिएका कारोबारबाट लाभ मिल्नेछ।
यो समय नयाँ योजनाहरू कार्यान्वयनमा ल्याउन उपयुक्त छ, विशेषगरी यदि ती योजना सिर्जनात्मक क्षेत्रसँग सम्बन्धित छन् भने। व्यक्तिगत सम्बन्धहरूमा पनि मिठास आउनेछ र प्रेम सम्बन्धहरूमा स्थायित्व बढ्नेछ। यदि तपाईं प्रोपर्टी वा सवारी साधन किन्ने सोचमा हुनुहुन्छ भने, यो समय अनुकूल रहनेछ।
कुम्भ राशि
कुम्भ राशिका लागि यो गोचरले आत्ममूल्यांकन र आध्यात्मिक उन्नतिको ढोका खोल्नेछ। तपाईको अन्तरआत्माको आवाज अझ प्रबल हुनेछ र सही निर्णय लिन सक्ने क्षमतामा वृद्धि महसुस गर्नुहुनेछ। कला, लेखन, संगीत वा आध्यात्मिक क्षेत्रमा संलग्न व्यक्तिहरूलाई विशेष पहिचान र सम्मान प्राप्त हुन सक्छ। आर्थिक दृष्टिले पनि यो गोचर शुभ रहनेछ।
विशेषगरी विदेशी स्रोतहरूबाट आय हुने वा अनलाइन माध्यमबाट कमाईका नयाँ अवसरहरू देखा पर्ने सम्भावना छ। यदि तपाई कुनै अनुसन्धान वा खोजमुखी कार्यमा संलग्न हुनुहुन्छ भने, यो समय तपाईलाई सफलता दिलाउने उपयुक्त अवसर बन्न सक्छ।