असार ८ गतेको पञ्चाङ्ग तथा राशिफल
दिन : आइतवार
तिथि : द्वादशी, २३:०९ बजेपछि त्रयोदशी
नक्षत्र : भरणी, १५:५४ बजेपछि कृत्तिका
योग : सुकर्मा, १५:५१ बजेपछि धृति
करण : कौलव, १२:२३ बजेपछि तैतिल, २३:०९ बजेउप्रान्त गर
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
शारीरिक र मानसिक दृष्टिले दिन तपाईंका लागि सन्तुलित रहनेछ। परिवारका सदस्यसँग रमाइलो समय बिताउने र स्वादिष्ट भोजनको आनन्द लिने अवसर मिल्नेछ। आर्थिक रूपमा दीर्घकालीन योजना बनाउने सही समय हो। नकारात्मक सोच र निराशावादी चिन्तनबाट टाढा रहनु बुद्धिमानी हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
तपाईं उत्साह र सकारात्मक ऊर्जाले भरिनुहुनेछ। शरीरमा स्फूर्ति अनुभव गर्नुहुनेछ, जसले तपाईंलाई मानसिक सन्तोष पनि दिलाउनेछ। आफन्तजन वा साथीबाट सप्रेम उपहार प्राप्त हुने सम्भावना छ। आर्थिक लाभका संकेत छन्, वैवाहिक सम्बन्ध झनै प्रगाढ बन्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
संवेदनशीलता र विवेकपूर्ण व्यवहारले समस्याबाट बच्न सहयोग पुर्याउनेछ। बोली र व्यवहारमा सजग रहनु आवश्यक छ। केही शारीरिक असहजता वा थकानले मन खिन्न हुन सक्छ। पारिवारिक विवाद वा मतभेद देखिन सक्छ। अध्यात्म र ध्यानले मानसिक सन्तुलन दिन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आकस्मिक लाभ र आश्चर्यजनक सफलताले दिन रमाइलो र उत्साहजनक बन्नेछ। आय वृद्धिको सम्भावना देखिन्छ। व्यवसायमा लाभ हुने संकेत छन्। विवाहको तयारीमा हुनुहुन्छ भने राम्रो खबर आउन सक्छ। दिनभरि ऊर्जा र उत्साह कायम रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काममा ढिलाइ भए तापनि सफलताको आश्वासन छ। घर वा कार्यक्षेत्रमा जिम्मेवारीको बढोत्तरी हुनसक्छ। जीवनप्रति गम्भीर दृष्टिकोण विकास हुनेछ। पितासँग साना कुरामा मतभेद सम्भव छ। शुभ कार्यको आयोजना वा सहभागीता रहनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
थकान, आलस्य र चिन्ताले प्रभावित पार्न सक्छ। सन्तानसँग सानो मतभेद वा दूरी महसुस हुन सक्छ। स्वास्थ्यप्रति सजग रहनु आवश्यक छ। धार्मिक यात्रामा खर्च हुन सक्छ। अफिसमा उच्च पदाधिकारीसँग विचार नमिल्न सक्छ, संयम आवश्यक छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थ्यमा सानो कमजोरी देखिन सक्छ, खानपानमा पनि ध्यान दिनुपर्छ। आवेग र क्रोधलाई नियन्त्रण गर्नु उचित हुनेछ। आकस्मिक धनलाभको सम्भावना रहन्छ। खर्च बढ्ने सम्भावना छ, विशेषगरी अनावश्यक क्षेत्रमा। झगडाबाट टाढा रहन प्रयास गर्नुहोला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पेसा र व्यापारमा प्रगति र लाभको सम्भावना प्रबल छ। आफन्त र मित्रबाट साथ र समर्थन प्राप्त हुनेछ। सामाजिक जमघट वा कार्यक्रममा सहभागी भइने सम्भावना छ। अविवाहित व्यक्तिका लागि विवाहको योग बलियो छ। भौतिक सुखसुविधाको अनुभव हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आर्थिक दृष्टिले अनुकूल दिन रहनेछ। नयाँ योजनाहरू अगाडि बढाउने अवसर प्राप्त हुनेछ। सामाजिक सेवामा रुचि जाग्नेछ। व्यवसायमा प्रगति र मान-सम्मान प्राप्त हुनेछ। पारिवारिक जीवनमा सन्तुलन र आनन्द कायम हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दिन मिश्र परिणाम दिनेछ। विचार र सिर्जनात्मक क्षमता प्रबल हुनेछन्। बौद्धिक क्षेत्रमा प्रगति हुनेछ। लेखन वा साहित्यिक प्रवृत्तिमा मन लाग्नेछ। यद्यपि, केही मानसिक असन्तुलन वा खिन्नता महसुस हुनसक्छ। ध्यान र आत्मविश्लेषण लाभदायक हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नकारात्मक सोचले आत्मबल कमजोर पार्न सक्छ। बोली र व्यवहारमा सजग नहुँदा पारिवारिक झगडा निम्तिन सक्छ। स्वास्थ्यमा समस्या आउनसक्छ, विशेषगरी चोटपटक वा दुर्घटनाबाट जोगिनुहोस्। ध्यान, योग वा आध्यात्मिक अभ्यासले मानसिक सन्तुलन दिन सक्छ। खर्चमा नियन्त्रण आवश्यक छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दिन सुखद र शान्तिपूर्ण रहनेछ। दाम्पत्य सम्बन्धमा आत्मीयता बढ्नेछ। साथी वा आफन्तसँग भेटघाटले प्रसन्नता दिनेछ। सार्वजनिक जीवन वा काममा उन्नति मिल्नेछ। प्रेम सम्बन्ध झन गाढा बन्ने संकेत छन्। वैवाहिक जीवनमा खुसी बढ्नेछ।