नेपालले टस हार्यो, सिरिज जित्ने दाउमा नेपाली टिम

स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डसँग टस गुमाएको छ। ग्लासगोमा भएको खेलमा स्कटिश कप्तान रिची बेरेिङ्टनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन्, जसअनुसार नेपालले बलिङ गर्ने अवसर पाएको छ।

नेपाली टोलीमा एक खेलाडी परिवर्तन गरिएको छ। नेदरल्याण्ड्सविरुद्ध बिहीबारको खेल खेलेका करण केसीलाई विश्राम दिइएको छ भने उनको स्थानमा रिजन ढकालले टिममा मौका पाएका छन्।

दुवै टोली यो खेल जितेर सिरिज आफ्नो नाममा गर्न चाहन्छन्। नेपालले तीन खेलमा दुई जित र एक हारसहित ४ अंक बटुलेको छ र अंक तालिकाको शीर्ष स्थानमा छ। स्कटल्याण्डले पनि तीन खेल खेल्दै एक जित र दुई हार व्यहोरेको छ र हाल तेस्रो स्थानमा छ।

यदि नेपालले यो खेल जित्यो भने उसले ६ अंक बनाउनेछ र तालिकाको शीर्ष स्थानमा रहँदै सिरिजको उपाधि जित्नेछ। तर स्कटल्याण्डको रन रेट नेपालभन्दा राम्रो रहेको छ। त्यसैले यदि स्कटल्याण्डले जित्यो भने दुवैको अंक बराबरी हुनेछ र रन रेटका आधारमा स्कटल्याण्ड च्याम्पियन बन्नेछ।

यसअघि पहिलो भेटमा नेपालले स्कटल्याण्डलाई २ विकेटले हराएको थियो। त्यसपछि सोमबार नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो भने बिहीबार नेदरल्याण्ड्सविरुद्ध पुनः शानदार प्रदर्शन गर्दै ६ विकेटको जित दर्ता गरेको थियो।

प्रकाशित : शुक्रबार, असार ०६, २०८२१९:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सिरिज जित्न नेपाललाई स्कटल्याण्डले दियो चुनौतीपूर्ण लक्ष्य