काठमाडौँ : ज्योतिष अनुसार हरेक ग्रहले निश्चित समयमा राशि परिवर्तन गर्ने गर्दछ। ग्रहहरूको राजकुमार मानिने बुधले छिट्टै-छिट्टै गोचर गर्ने गर्छन्। आउँदो असार ८ गते (२२ जुन) बुध गोचर गरी कर्कट राशिमा प्रवेश गर्नेछन्। त्यसपछि भदौ १४ गते (३० अगस्ट) सम्म बुध कर्कट राशिमै रहनेछन्। यसबीच साउन २ गते (१८ जुलाई) बुध वक्री हुनेछन् र साउन २६ गते (११ अगस्त) फेरि मार्गी हुनेछन्।
यसरी बुध ग्रह करिब ७० दिनसम्म कर्कट राशिमा रहनेछन्। बुधको यो गोचरले सबै १२ वटा राशिहरूमाथि शुभ-अशुभ प्रभाव पार्नेछ। हाल सिंह र धनु राशिमा शनि ग्रहको ढैय्या चलिरहेको छ। यस्तो अवस्थामा बुधको गोचरले यी दुई राशिका लागि दोहोरो कष्ट ल्याउन सक्छ। यस्ता व्यक्तिहरूले आफ्नो करियर र आर्थिक मामिलामा घाटा व्यहोर्नु पर्ने सम्भावना हुन्छ। जानौँ, यो बुध गोचर कुन-कुन राशिका लागि चुनौतीपूर्ण सावित हुन सक्छ।
सिंह राशि
बुध ग्रहको गोचर सिंह राशिका जातकहरूलाई हानि पुर्याउन सक्छ। तपाईको करियरमा उतार-चढाव आउन सक्ने सम्भावना छ। तपाईको सानो गल्तीले पनि करियरमा ठूलो क्षति पुर्याउन सक्छ र पछाडि पार्न सक्छ। पारिवारिक जीवनका हिसाबले पनि यो समय खासै अनुकूल छैन। जीवनसाथीसँग झूट बोल्ने गल्ती नगर्नुहोस्।
धनु राशि
धनु राशिमा पनि शनि ग्रहको ढैय्याको प्रभाव परेको छ। बुध ग्रहको गोचरले धनु राशिका व्यक्तिहरूको जीवनमा अचानक धेरै परिवर्तन ल्याउन सक्छ। यी परिवर्तनहरू नकारात्मक हुने सम्भावना छ। कुनै रोगको सिकार हुन सकिन्छ। करियरमा नचाहिएको परिवर्तन आउन सक्छ। सिनियरहरूसँग विवाद हुन सक्छ। सवारी साधन चलाउँदा विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ। परिवारका सदस्यहरूले तपाईंको कुनै निर्णयमाथि प्रश्न उठाउन सक्छन्।
कुम्भ राशि
बुधको गोचरले कुम्भ राशिका व्यक्तिहरूलाई शत्रुहरूबाट समस्या दिन सक्छ। विरोधीहरूले तपाईको काम बिगार्न हदसम्मको प्रयास गर्न सक्छन्, त्यसैले सतर्क रहनुहोस्। गलत व्यक्तिहरूसँगको संगतबाट टाढा रहनु नै उचित हुनेछ। धन र समय दुबैको बर्बादी हुन सक्छ। आर्थिक हानि भोग्नुपर्ने सम्भावना पनि देखिन्छ।