सिरिज जित्ने लक्ष्यमा नेपाल, स्कटल्यान्ड टुरको आज अन्तिम खेल खेल्दै

काठमाडौँ : टी–२० आई सिरिज जित्ने लक्ष्यका साथ आज शुक्रबार नेपाल र स्कटल्यान्डबिच अन्तिम खेल हुँदैछ ।

उक्त खेल स्कटल्यान्डको ग्लासग्लोमा बेलुका ७ः४५ बजे सुरु हुने छ ।

जारी सिरिजमा नेपालले हालसम्म दुई खेल जितेको छ भने स्कटल्यान्ड एउटा खेलमा मात्र विजयी भएको छ । नेपाल पहिलो खेलमा नेदरल्यान्डससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो ।

नेपालले दोस्रो खेलमा स्कटल्यान्डलाई दुई विकेटले हराएको थियो । बिहीबार सम्पन्न तेस्रो खेलमा नेपालले नेदरल्यान्डसलाई ६ विकेटले पराजित गरेको थियो ।

यसैगरी स्कटल्यान्डले पहिलो खेलमा नेदरल्यान्डसलाई ३९ रनले पराजित गरेको थियो । दोस्रो खेलमा स्कटल्यान्ड नेपालसँग दुई विकेटले पराजित भएको थियो । तेस्रो खेलमा स्कटल्यान्डलाई नेदरल्यान्डसले १७ रनले हराएको थियो । रासस

प्रकाशित : शुक्रबार, असार ०६, २०८२१३:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेपालले टस हार्यो, सिरिज जित्ने दाउमा नेपाली टिम