बिबिएलमा कुनै पनि टिमले पत्याएनन् नेपाली खेलाडीलाई, ६ जनामा बिकेनन् कोहीँ पनि

काठमाडौँ : नेपालका ६ चर्चित क्रिकेटरहरू—सन्दीप लामिछाने, देव खनाल, शेर मल्ल, अर्जुन साउद, विपिन शर्मा र आरिफ शेख—बिहीबार सम्पन्न अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) को १५औं संस्करणको ड्राफ्टमा अनुबन्ध हुन असफल भएका छन्।

उक्त ड्राफ्टमा सहभागी आठ टोलीले १५ विदेशी खेलाडी मात्र चुनेका थिए, र दुर्भाग्यवश यी नेपाली खेलाडीहरूको नाम छनोट सूचीमा पर्न सकेन ।

यसअघि नेपालबाट मात्र सन्दीप लामिछानेले बीबीएलमा अवसर प्राप्त गरेका थिए, उनले मेलबर्न स्टार्स र होबार्ट हरिकेन्सबाट एउटै दरले दुई–दुई संस्करण खेलेका थिए। हालसम्म सन्दीपले ४३ खेलमा ४८ विकेट लिएका छन्, तर यो पटक भने उनको पनि कुनै टिमले सम्झौता गरेन ।

नेपालका अन्य खेलाडीहरूले अहिलेसम्म बीबीएलमा मौका पाएका छैनन्।

प्रकाशित : बिहिबार, असार ०५, २०८२१९:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेपालले टस जित्यो, प्लेइङ ११ मा ३ परिवर्तन