२०८२ सालको असार महिनाको मासिक राशिफल
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ :
यस महिनामा तपाईंको पठनपाठन र बौद्धिक गतिविधिप्रति रुचि झनै गहिरिनेछ। शरीर पनि चुस्त रहने भएकाले विभिन्न कामहरूमा उत्साहपूर्वक जुट्न सक्नुहुनेछ। तर, घरायसी खर्चमा भने बृद्धि देखिन सक्छ, जसले बजेट व्यवस्थापनमा अलिक ध्यान दिनुपर्नेछ। कामको चाप र व्यस्तता बढ्ने भएकाले शारीरिक थकान पनि अनुभव हुन सक्छ। आकस्मिक यात्राको सम्भावना छ, तर दाम्पत्य सम्बन्धमा सामान्य असमझदारी देखा पर्न सक्छ। प्रतिस्पर्धात्मक क्षेत्रमा भने तपाईंको प्रयास सफल हुने सम्भावना प्रबल छ। आफन्तजनबाट सहयोग पाइनेछ भने सामाजिक प्रतिष्ठा पनि बढ्नेछ। महिनाको सुरुमा आर्थिक फाइदा र रमाइलो अवसरको सम्भावना पनि देखिन्छ।
वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो :
शारीरिक रूपमा सामान्य अस्वस्थता देखिए पनि कार्यक्षेत्रमा व्यस्तता अत्यधिक हुने छ। सामाजिक तथा धार्मिक कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउनु पर्नेछ। सन्तान वा परिवारजनका कारण चिन्ता बढ्न सक्छ, तर आर्थिक कार्यहरूमा भने सफलता प्राप्त हुनेछ। साथीभाइ र आफन्तजनबाट सुखद सहयोग प्राप्त हुनेछ। महिनाको दोस्रो आधामा काममा सफलता मिल्ने छ र पारिवारिक सम्बन्ध अझ प्रगाढ बन्नेछ। स्वास्थ्य पनि क्रमशः सुधार हुँदै जानेछ र अघिसरेका कामहरू सम्पन्न हुनेछन्।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह :
यस महिनामा तपाईंको शारीरिक स्वास्थ्य राम्रो रहनेछ भने मानसिक रूपमा पनि प्रफुल्ल रहन सक्नुहुनेछ। स्थान परिवर्तन वा आकस्मिक यात्राको योग रहेको छ। सामाजिक प्रतिष्ठा र सम्मान प्राप्त हुने सम्भावना छ। रमाइलो ठाउँको भ्रमणको अवसर मिल्नेछ र आर्थिक कामहरूमा सफलता पाइनेछ। अध्ययन र अध्यापनप्रति विशेष रुचि जाग्नेछ। धार्मिक र सामाजिक कार्यमा पनि मन जानेछ। आफन्त र साथीहरूबाट साथ सहयोग पाइनेछ भने प्रेमसम्बन्धहरू सुरु हुन सक्नेछन्। मनोरञ्जनका अवसर पनि प्रशस्त रहनेछन्।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो :
महिनाको सुरुआतमा आँटेका कामहरूमा केही अवरोध आउन सक्छन्, तर आत्मबल बढ्नाले समस्याहरू पार गर्न सकिनेछ। सानो मोटा स्वास्थ्य समस्या देखा पर्न सक्छ, जसले मानसिक द्विविधा बढाउने सम्भावना छ। आर्थिक पक्ष सामान्य प्रगतिमा रहनेछ। पठनपाठनमा पनि बाधा आउन सक्छ। वैवाहिक सम्बन्धमा सामान्य असमझदारी र विवाद देखा पर्न सक्छ। तर, महिनाको दोस्रो भागमा भने पारिवारिक तथा आफन्तजनबाट राम्रो साथ पाइनेछ, जसले मनलाई राहत दिनेछ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे :
उच्च आत्मबलका साथ कार्यक्षमता उल्लेखनीय रूपमा बढ्नेछ। रमाइलो र आनन्ददायक समय बिताउने अवसरहरू आउनेछन्। मानसिक रूपमा सन्तुलित र शारीरिक रूपमा पनि सशक्त महसुस हुनेछ। यद्यपि दैनिक जीवनमा साना गडबडी देखिन सक्छन्। घरको खर्च भने बढ्न सक्छ, जसले योजनामा असर गर्न सक्छ। अध्ययनतर्फ लगाव बढ्नेछ। महिनाको सुरुमा केही अवरोध भए पनि अन्त्यतिर सफलता, सम्मान र मनोरञ्जनको वातावरण बन्नेछ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो :
महिनाको प्रारम्भमा अनावश्यक दोषारोपण र अपजस झेल्नुपर्ने स्थिति देखिन्छ, त्यसैले सावधानीका साथ काम गर्नु उचित हुनेछ। रिस उठाउने र काम विगार्ने मानिसहरूको प्रभावमा नपर्नुहोस्। घरपरिवारको जिम्मेवारीले मनमा चिन्ता थप्न सक्छ। मानसिक अस्थिरता र द्विविधा बढ्ने देखिन्छ। अध्ययन र काममा अवरोध देखिए पनि महिनाको उत्तरार्धमा आकस्मिक यात्रा वा स्थान परिवर्तनको सम्भावना रहनुका साथै मनोरञ्जनको अवसर पनि प्राप्त हुनेछ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते :
आत्मबल बढ्नेछ, जसको प्रभाव कार्यक्षमतामा पनि स्पष्ट देखिनेछ। शारीरिक र मानसिक स्वास्थ्य अनुकूल रहनेछ। विवाद र प्रतिस्पर्धामा तपाईंकै विजय हुनेछ। आर्थिक कारोबारमा राम्रो सफलता पाइनेछ भने अघिल्तिर रोकेका कामहरू सम्पन्न हुनेछन्। धार्मिक तथा सामाजिक क्षेत्रमा सक्रियताले प्रतिष्ठा बढाउनेछ। अध्ययनमा सफलता मिल्ने सम्भावना पनि उत्तिकै राम्रो छ। पारिवारिक सम्बन्धमा सुमधुरता कायम रहनेछ भने रमाइलो यात्रा र मनोरञ्जनको अवसर पनि मिल्नेछन्।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु :
महिनाभर कार्यव्यस्तता अत्यधिक रहनेछ, जसले शरीरमा थकान दिन सक्छ। आर्थिक लेनदेन र लगानीका मामिलामा विशेष सतर्कता आवश्यक छ। शरीर र मन दुवै सकारात्मक रहनाले काममा उत्साह जाग्नेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ र रमाइलोमा सहभागी हुने अवसर मिल्नेछ। यद्यपि, घरायसी समस्या र जिम्मेवारीले अध्ययन वा लक्ष्यमा बाधा पु¥याउन सक्छ। महिनाको प्रारम्भमा धन प्राप्तिको संकेत रहे पनि अन्त्यतिर खर्च र मानसिक तनाव बढ्न सक्छ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे :
यो महिना अनावश्यक दौडधूप र झमेला बोकेर आउन सक्छ। आँटेको काम अचानक रोकिन सक्छ, जसले मानसिक असहजता ल्याउन सक्छ। स्वास्थ्य कमजोर हुने सम्भावना रहेकाले खानपानमा विशेष ध्यान पुर्याउनुहोस्। वैवाहिक जीवनमा असमझदारी देखिन सक्छ। वादविवाद र आलोचनाबाट जोगिन बोली व्यवहारमा विशेष सतर्कता आवश्यक छ। आर्थिक हानिनोक्सानी हुने संकेत देखिएकाले कुनैपनि लेनदेन सोचविचार गरेर मात्र गर्नुहोस्।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि :
महिनाको सुरुमा आँटेका कामहरूमा ढिलासुस्ती हुने संकेत छ। स्वास्थ्यमा सामान्य गडबडी देखिन सक्छ। ठूलो आर्थिक निर्णय लिने बेला सावधानी अपनाउनु उत्तम हुनेछ। मानसिक रूपमा अन्योलता बढ्नेछ र अध्ययनमा अवरोध आउन सक्छ। यद्यपि, महिनाको अन्त्यतिर मनोरञ्जन, धन लाभ र सन्तोषको वातावरण बन्ने सम्भावना देखिन्छ। पारिवारिक माहोल पनि क्रमशः सुधार हुँदै जानेछ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द :
यस महिनामा आत्मबल निकै उच्च रहनेछ, जसको कारण कार्यक्षमता बढ्नेछ। वादविवाद वा प्रतिस्पर्धामा सफलता मिल्नेछ। मानसिक सन्तुलन राम्रो रहनुका साथै स्वास्थ्य पनि ठीकठाक रहनेछ। पारिवारिक सम्बन्धमा मिठास रहनेछ र रमाइलो गर्न सकिने अवसरहरू मिल्नेछन्। अध्ययनमा पनि निरन्तरता रहनेछ। महिनाको प्रारम्भमा आकस्मिक यात्रा हुनसक्छ। आर्थिक रूपमा लाभदायक समय हुनेछ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि :
आत्मबलमा वृद्धिका साथै प्रतिस्पर्धामा सफलता मिल्नेछ। आर्थिक क्षेत्रबाट पनि राम्रो उपलब्धि हासिल हुनेछ। यद्यपि, पठनपाठनमा साना बाधाहरू आउन सक्छन्। पारिवारिक माहोल रमाइलो र सहयोगी रहनेछ। स्वास्थ्य राम्रो रहनेछ भने मनमा पनि खुसी छाउनेछ। महिनाको अन्त्यतिर केही बढी दौडधूप गर्नुपर्नेछ, जसले थकान दिन सक्छ। तर, रमाइलो यात्राका साथै उत्साहजनक घुमफिरको मौका पनि पाइनेछ।