आज नेपाल र नेदरल्याण्ड्सबीच रोमाञ्चक भिडन्त हुने

काठमाडौँ : स्कटल्याण्डमा जारी अन्तर्राष्ट्रिय त्रिकोणत्मक टी–२० सिरिजको पाँचौं खेलमा आज बिहिबार नेपाल र नेदरल्याण्ड्सबीच रोमाञ्चक भिडन्त हुँदैछ ।

स्कटल्यान्डको टिटउड रङ्गशालामा यो खेल नेपाली समयअनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ।

वर्तमान अवस्थामा नेदरल्याण्ड्स दुई खेलबाट ४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ, भने नेपाल एक जित र एक हारसहित २ अंकसहित तेस्रो स्थानमा रहेको छ। स्कटल्याण्ड दोस्रो स्थानमा विद्यमान छ।

यो सिरिजको नेपालको पहिलो खेल सोमबार भएको थियो, जुन खेलमा सुपर ओभरमा नेदरल्याण्ड्सले रोमाञ्चक रुपमा नेपालमाथि विजय हासिल गरेको थियो।

नेपालले आगामी शुक्रबार सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। डबल राऊन्ड–रोबिन लिग चरणपछि शीर्ष स्थानमा रहने टोलीले यस त्रिदेशीय सिरिजको विजेता हुनेछ।

करणको सय विकेट पूरा

यसैबिच स्कटल्यान्डविरुद्धको खेलमा नेपालका करण केसीले टी–२० अन्तर्राष्ट्रियमा एक सय विकेट पूरा गरेका छन् ।

करण नेपालका लागि सर्वाधिक विकेट लिने दोस्रो खेलाडी बनेका छन् छ । करणले ८० खेलमा सय विकेट पूरा गरेका हुन्।

नेपालका लागि सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष सुचीमा सन्दीप लामिछाने पर्दछन्। सन्दीपले ५८ खेलमा एक सय ११ विकेटको कोशेढुङ्गा पार गरिसकेका छन्।

यस्तै सोमपाल कामी ७८ खेलमा ७६ विकेटका साथ तेस्रो, अविनाश बोहरा ६२ खेलमा ७५ विकेट लिँदै चौथो र दीपेन्द्रसिंह ऐरी ८० खेलमा ५० विकेट लिँदै पाँचौँ स्थानमा छन्।

प्रकाशित : बिहिबार, असार ०५, २०८२१५:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

१८ वर्षदेखि इङ्ग्ल्यान्डमा टेस्ट सिरिज जितेको छैन भारतले, यो खडेरीलाई शुबमनले तोड्ला त ?