शनि-गुरुको महासंयोगले पल्टिनेछ ४ राशिको किस्मत, जागिर-व्यापारमा हुनेछ अपार धन लाभ

काठमाडौँ : जुलाई महिना ग्रहहरूको ठूलो परिवर्तनको सन्देश लिएर आउँदैछ। एकातिर न्यायका देवता शनिदेवले आफ्नो चाल परिवर्तन गर्न लाग्दैछन् भने अर्कातिर देवगुरु वृहस्पति अस्त भइसकेपछि पुनः उदय हुनेछन्। शनि ग्रहको चालमा परिवर्तन १३ जुलाई(असार २९ गते)देखि सुरु हुनेछ, र मीन राशिमा वक्री हुनेछन्। यो अवस्था २८ नोभेम्बर(मंसिर १२ गते)सम्म कायम रहनेछ।

यस अवधिमा साढेसाती चलिरहेका राशिहरूमाथि विशेष प्रभाव देखिनेछ। ज्योतिषशास्त्रमा शनि र गुरु दुबैलाई महत्वपूर्ण ग्रह मानिन्छ, जसको परिवर्तनले व्यक्तिको जीवनमा सिधा असर पार्ने विश्वास गरिन्छ।

वृष राशि

वृष राशिका जातकहरूलाई जागिर र लगानीबाट लाभ मिल्नेछ। धन प्राप्तिका नयाँ स्रोतहरू खुल्नेछन्। जीवनसाथीसँगको सम्बन्ध बलियो बन्नेछ र आर्थिक अवस्था सुधार हुनेछ।

मिथुन राशि

मिथुन राशिका लागि यो समय अत्यन्तै राम्रो रहनेछ। गुरुको कृपाबाट करियरमा प्रगति हुनेछ। व्यापारमा कुनै ठूलो प्रोजेक्ट वा डिलले फाइदा दिलाउनेछ। जागिरमा पनि लाभको योग बन्न सक्छ।

तुला राशि

शनि वक्री हुनुको सबैभन्दा सकारात्मक प्रभाव तुला राशिमा पर्नेछ। यस राशिका व्यक्तिहरूलाई मेहनतको फल प्राप्त हुनेछ र करियरमा प्रगतिको सम्भावना बन्नेछ। व्यापारमा आर्थिक विस्तार हुने संकेतहरू देखिन्छन्।

धनु राशि

धनु राशिका व्यक्तिहरूलाई सम्पत्तिबाट लाभ मिल्न सक्छ। प्रोपर्टीमा गरिएको लगानी फाइदाजनक सावित हुनेछ। आर्थिक मजबूतीसँगै विवाह र सन्तान सुखका योग पनि बन्ने सम्भावना छ।

प्रकाशित : बुधबार, असार ०४, २०८२२२:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आजदेखि यी राशिमाथि मडारिनेछन् सङ्कटको बादल, खतरनाक षडाष्टक योग बन्दा हुनेछ धनहानि र बिरामी हुने आशंका