काठमाडौँ : वैदिक शास्त्र अनुसार सौर्यमण्डलका सबै नवग्रहहरू समयअनुसार गोचर गरिरहन्छन्। ती ग्रहहरूको गोचरका कारण विभिन्न प्रकारका योगहरू बनिरहन्छन्। तीमध्ये केही योगहरू हाम्रो लागि अत्यन्तै शुभ र भाग्यशाली हुने गर्दछन् भने केही योगहरू समस्यासहित दुःखद हुने गर्दछन्।
अब आगामी असार ६ गते (२० जून) यस्तै एक विशेष खगोलीय दृश्य देखिन गइरहेको छ, जब मंगल र शनि एकअर्काबाट १५० डिग्रीको कोणमा रहनेछन्। ज्योतिष शास्त्रअनुसार दुई ग्रहहरू यस्तो कोणमा रहेका अवस्थामा ‘षडाष्टक योग’ बनिन्छ। यो योग अशुभ मानिन्छ र प्रायः समस्याहरू तथा दुःख ल्याउने संकेत दिन्छ।
यसपटकको षडाष्टक योगका कारण केही राशिहरूमाथि संकटका बादल मडारिनेछन्। ती राशिका व्यक्तिहरूले विशेष सतर्कता अपनाउनु पर्नेछ, साथै उचित उपायहरू पनि गर्नु पर्नेछ, नत्र आर्थिक, मानसिक वा शारीरिक क्षति भोग्नुपर्ने सम्भावना रहन्छ। अब हेरौँ, ती कुन–कुन राशिहरू हुन् जसले यस अशुभ योगको प्रभाव झेल्नुपर्नेछ।
षडाष्टक योगका कारण कुन कुन राशिका व्यक्तिहरू जोखिममा छन् ?
तुला राशि (Libra Zodiac)
षडाष्टक योगको निर्माण तपाईका लागि खतरा र चुनौतीको कारण बन्न सक्नेछ। यस अशुभ योगका कारण तपाईलाई अनावश्यक खर्चहरूको सामना गर्नुपर्ने स्थिति आउन सक्छ, जसले गर्दा तपाईको आर्थिक स्थिति कमजोर बन्ने सम्भावना छ। साथै, स्वास्थ्यसम्बन्धी समस्याहरू देखा पर्न सक्छन्। कार्यक्षेत्रमा सहकर्मीहरूसँग मनमुटाव वा विवाद हुने आशंका पनि देखिन्छ।
मकर राशि (Makar Zodiac)
शनि–मंगलको युतिबाट बन्ने यो अशुभ योग तपाईका लागि प्रतिकूल साबित हुन सक्नेछ। यसको प्रभावले गर्दा तपाईको मुड बिग्रिएको रहनेछ। रिस र झोकको कारणले जीवनसाथीसँग तनाव उत्पन्न हुन सक्छ। कार्यस्थलमा कामको चाप धेरै हुने हुँदा मानसिक तनाव बढ्न सक्छ। कसैलाई ऋण (उधारो) दिनबाट बच्नुहोस्, धन डुब्ने सम्भावना छ। सवारी साधन चलाउँदा विशेष सावधानी अपनाउनुहोस्।
कर्कट राशि (Cancer Zodiac)
तपाईका लागि षडाष्टक योगको निर्माण हानिकारक साबित हुन सक्छ। यस समयमा बाहिरको खाना खानबाट बच्नुस्, नभए पेटसम्बन्धी समस्या देखा पर्न सक्छ। बच्चाहरूको पढाइमा रुचि नहुनुका कारण चिन्ता बढ्न सक्छ। व्यापारमा घाटा हुने सम्भावना छ, जसले गर्दा मानसिक तनाव रहनेछ। कार्यस्थलमा तपाईले हाकिमको आलोचना सहनु पर्न सक्छ। छिमेकीहरूसँग झगडाको सम्भावना पनि देखिन्छ। यस्तो परिस्थितिमा संयमित रहनुस् र बोलीमा नियन्त्रण राख्नुस्। बिस्तारै यो कठिन समय पार हुनेछ।