सरकारले दियो भोलि सार्वजनिक बिदा

काठमाडौँ : नेपाल सरकारले इस्लाम धर्मावलम्बीहरूको प्रमुख पर्व बकर ईद (ईद–उल–अजहा) को अवसरमा भोलि शनिबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले शुक्रबार जारी गरेको सूचनामा, उक्त पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख छ।

गृह मन्त्रालयले सूचना प्रकाशित गर्दै स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्बीहरू र सम्पूर्ण नेपालीहरूलाई पर्वको शुभकामना पनि व्यक्त गरेको छ।

 

प्रकाशित : शुक्रबार, जेठ २४, २०८२१८:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शनिबारको मौसम पूर्वानुमान : आज पानी पर्ला कि घमाइलो होला दिन ?