सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौँ : स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा आज चाँदी तोलामा रु ७५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९३ हजार ७०० कायम भएको छ भने सोही परिमाणको चाँदीको मूल्य रु दुई हजार १५० निर्धारण भएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३८९ डलर कायम भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन् ।

प्रकाशित : शुक्रबार, जेठ २४, २०८२१४:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सरकारले दियो भोलि सार्वजनिक बिदा