काठमाडौँ : ग्रहहरूका राजा सूर्य एक निश्चित समयमा नक्षत्र परिवर्तन गर्छन्। अहिले सूर्य रोहिणी नक्षत्रमा विराजमान छन् र २०८२ जेठ २५ गते (२०२५ जुन ८) मा मृगशिरा नक्षत्रमा प्रवेश गर्नेछन्। सूर्य मृगशिरा नक्षत्रमा करिब १५ दिनसम्म रहनेछन् र त्यसपछि २०८२ असार ८ गते (२०२५ जुन २२) मा आर्द्रा नक्षत्रमा प्रवेश गर्नेछन्। सूर्यको मृगशिरा नक्षत्रमा प्रवेशसँगै केही राशिहरूको जीवनमा सकारात्मक परिवर्तन आउनेछन्। यी भाग्यशाली राशिहरूले धन लाभसँगै भाग्यको साथ पनि पाउने संकेत देखिएको छ। आउनुहोस्, सूर्यको नक्षत्र परिवर्तनबाट लाभ पाउने लकी राशिहरू को-को हुन्, हेरौँ।
१. सिंह राशि –
सूर्य सिंह राशिका स्वामी हुन्। सूर्यको नक्षत्र परिवर्तन सिंह राशिका जातकहरूका लागि शुभ रहनेछ। यस अवधिमा तपाईंलाई आम्दानीका नयाँ स्रोतहरू प्राप्त हुनेछन्। लगानीबाट लाभ मिल्नेछ। जागिरे जीवनका दृष्टिले यो समय लाभदायक रहनेछ। व्यापारमा विस्तार गर्ने अवसरहरू प्राप्त हुनेछन्। भाग्यवश विभिन्न कार्यहरूमा सफलता प्राप्त हुनेछ। सामाजिक मान–प्रतिष्ठा पनि वृद्धि हुनेछ।
२. तुला राशि –
तुला राशिका जातकहरूका लागि सूर्यको नक्षत्र परिवर्तन शुभ रहनेछ। यस अवधिमा तपाईंलाई अड्किएको धन फिर्ता हुने सम्भावना छ। केही व्यक्तिहरूलाई विदेश जाने अवसर प्राप्त हुन सक्छ। धन संचित गर्न सफल हुनुहुनेछ। धर्म–कर्मप्रति रुचि बढ्नेछ। परिवारको साथ र समर्थन प्राप्त हुनेछ। करियरमा पदोन्नति वा प्रगतिको नयाँ अवसरहरू प्राप्त हुनेछन्। धन आगमनमा वृद्धि हुनेछ। भाग्यको साथ मिल्नेछ र कार्यहरूमा आउने विघ्न–बाधाहरू समाप्त हुनेछन्।
३. धनु राशि –
धनु राशिका लागि सूर्यको नक्षत्र परिवर्तन अनुकूल रहनेछ। सामाजिक मान–सम्मानमा वृद्धि हुनेछ। नयाँ व्यक्तिहरूसँग सम्बन्ध बन्नेछन्। स्वास्थ्य राम्रो रहनेछ। साझेदारीमा गरिएको कार्यहरूले लाभ दिलाउनेछन्। वैवाहिक जीवन मधुर र सुखद रहनेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। धन लाभ हुने भएकाले आर्थिक स्थिति सुधार हुनेछ। भाग्यवश केही महत्वपूर्ण कार्यहरू पूर्ण हुनेछन्।