१८ महीनापछि राहु-केतुको गोचर : यी ४ राशिलाई अचानक धन-लाभसँगै भाग्योदय

काठमाडौँ : – वैदिक ज्योतिष अनुसार छायाँ ग्रह राहु र केतुलाई जीवनमा अचानक परिवर्तन, रहस्यमय घटनाहरू र आध्यात्मिक विकासका सूचक मानिन्छ। यो वर्ष गत जेठ ४ गते आइतबार कुम्भ र सिंह राशिमा प्रवेश गरिसकेका छन् र तर जेठ १५ गते बिहिबार राति ११ बजेर १८ मिनेटमा यिनको गोचर पूर्ण रुपबाट प्रभावमा आएको छ, जुन २०८३ साल मंसिर १९ गते सम्म प्रभावकारी रहनेछ।

यस गोचरमा राहु कुम्भ राशिमा र केतु सिंह राशिमा स्थित रहनेछन्। राहुको प्रभावले सामाजिक परिवर्तन, प्राविधिक उन्नति र नवप्रवर्तनलाई प्रोत्साहन गर्नेछ भने केतु सिंह राशिमा नेतृत्व, आत्मविश्लेषण र आत्मविश्वासलाई सशक्त पार्नेछ। आउनुहोस्, जानौं कि कुन राशिहरूमा यस गोचरको सबैभन्दा अनुकूल प्रभाव पर्नेछ।

मेष राशि

मेषको स्वामी मंगल हुन्, जो उर्जा र साहसको प्रतीक हुन्। राहु ११औँ भावमा रहनेछ, जसले आयमा वृद्धि र इच्छाहरूको पूर्तिका योग बनाउनेछ। केतु पाँचौं भावमा रहनेछ, जुन शिक्षा, रचनात्मकता र प्रेमसँग जोडिएको छ करियरमा नयाँ सम्भावनाहरू खुल्नेछन् र व्यापारमा लाभ हुनेछ।  सामाजिक प्रतिष्ठा बढ्नेछ र प्रभावशाली मानिसहरूसँग सम्पर्क हुनेछ।  विद्यार्थीहरूलाई पढाइमा सफलता मिल्नेछ र प्रेम सम्बन्धहरूमा मजबुती आउनेछ।  अति उत्साहमा जोखिमपूर्ण लगानीबाट बच्नुहोस्।

मिथुन राशि

बुधको प्रभाव भएको यो राशि सञ्चार र बुद्धिमत्ताको प्रतीक हो। राहु नवौँ भावमा रहनेछ, जसले उच्च शिक्षा, यात्रा र भाग्यसँग सम्बन्धित कार्यहरूमा सफलता दिलाउनेछ।  केतु तेश्रो भावमा रहनेछ, जुन साहस र सञ्चार क्षमताको भाव हो।  विदेश यात्रा वा अन्तर्राष्ट्रिय परियोजनाहरूमा लाभका योग रहेका छन्।  लेखन, वक्तृत्व र संवाद कौशलको प्रशंसा हुनेछ।  पारिवारिक बहस वा गलतफहमीदेखि टाढा रहनुहोस्।

तुला राशि

तुलाको स्वामी शुक्र प्रेम, सौन्दर्य र सुख-सुविधाका कारक हुन्। राहु पाँचौं भावमा रहनेछ, जसले प्रेम जीवनमा मजबुती ल्याउनेछ र रचनात्मकतामा वृद्धि गर्नेछ।  केतु ११औँ भावमा रहनेछ, जुन सामाजिक सञ्जाल र आम्दानीसँग सम्बन्धित छ। नोकरीमा नयाँ जिम्मेवारीहरू मिल्न सक्छन् र व्यापारमा साझेदारीबाट लाभ हुनेछ। प्रतियोगी परीक्षाहरूमा सफलताको संकेत छन्। खर्चहरूमा नियन्त्रण कायम राख्नुहोस्।

धनु राशि

बृहस्पतिको स्वामित्व भएको यो राशि ज्ञान र विस्तारको प्रतीक हो। राहु तेस्रो भावमा रहनेछ, जुन साहस, सञ्चार र प्रयासहरूको भाव हो। केतु नवौं भावमा रहनेछ, जुन धर्म, भाग्य र दर्शनसँग सम्बन्धित हुन्छ।  मेहनतको पूर्ण फल प्राप्त हुनेछ र नयाँ योजनाहरू सफल हुनेछन्।  लामो यात्राहरू र आध्यात्मिक गतिविधिहरूमा रुचि बढ्नेछ। पारिवारिक वातावरण शान्तिपूर्ण रहनेछ। अन्जान मानिसहरूमा अत्यधिक विश्वास नगर्नुहोस्।

प्रकाशित : बुधबार, जेठ १५, २०८२१९:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

राहुको नक्षत्रमा हुनेछ गुरु गोचर, तुलासमेत यी २ राशिलाई मिल्नेछ लाभै – लाभ