विश्व शान्ति स्तुपाबाट फर्किँदै गरेको बस सडकमै पल्टियो, २२ घाइते

कास्की जिल्ला, पोखरा महानगरपालिका–२२ मा बुधबार दिउँसो माइक्रोबस पल्टिँदा २२ जना घाइते भएका छन्।

विश्व शान्ति स्तुपाबाट फर्किँदै गरेका यात्रुहरूसहित ग १ ख ३८८६ नम्बरको बस एक मोडमा अनियन्त्रित भएर सडकमा पल्टिएको हो।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो। बाँकी घाइतेहरू सामान्य अवस्थामा छन्। तत्काल उद्धार गरिएका सबैलाई पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका लागि लैजानुभएको छ।

बसमा सवार अधिकांश यात्रुहरू भारतीय पर्यटक रहेको प्रहरीले जनाएको छ।

प्रकाशित : बुधबार, जेठ ०१, २०८२१५:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

तोलामा ३ हजार पाँच सयले घट्यो सुन, चाँदी पनि घट्यो