एजेन्सी : भारतीय क्रिकेट टोलीका विश्वप्रसिद्ध खेलाडी विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिने निर्णय गरेका छन्। उनले टेस्ट क्रिकेटमा १२३ खेलहरूमा ९,२३० रन बनाउँदै औसत ४६.८५ कायम गरेका छन्।
सामाजिक सञ्जाल इन्स्टाग्राम लामो स्ट्याटस हाल्दै उनले सन्यासको घोषणा गरेका हुन्। कोहलीले इन्स्टाग्राममा लेखेका छन् –
“टेस्ट क्रिकेटमा मैले पहिलो पटक ब्याग्गी ब्लु पहिरेको १४ वर्ष भइसकेको छ। साँच्चिकै भन्नुपर्दा, मैले कहिल्यै कल्पना पनि गरेको थिइनँ कि यस फर्म्याटले मलाई यस्तो यात्रा गराउनेछ। यसले मलाई परिक्षित गर्यो, आकार दियो, र जीवनभर साथ दिने पाठहरू सिकायो। सेतो पोशाकमा खेल्दा केही अत्यन्तै व्यक्तिगत अनुभव हुन्छ । चुपचाप गरिएका मेहनत, लामा दिनहरू, र ती स-साना क्षणहरू जुन कसैले देख्दैन — ती यादहरूले जीवनभर साथ दिन्छन् ।
यो फर्म्याटबाट टाढा हुँदै हुनु त्यति सजिलो त छैन तर यो सही कदम हो। मैले यस फर्म्याटलाई सबथोक दिएको छु र यसले पनि मलाई सोचेको भन्दा बढी दिएको छ।
म कृतज्ञताले पूर्ण हृदय लिएर जाँदैछु – खेलको लागि, मैदानमा सँगै खेलेका साथीहरुका लागि र बाटोमा मलाई देख्ने महसुस गराउने प्रत्येक व्यक्तिको लागि।
म मेरो टेस्ट करियरलाई सधैं मुस्कानका साथ स्मरण गर्नेछु।”
It’s been 14 years since I first wore the baggy blue in Test cricket. Honestly, I never imagined the journey this format would take me on. It’s tested me, shaped me, and taught me lessons I’ll carry for life.
There’s something deeply personal about playing in whites. The quiet grind, the long days, the small moments that no one sees but that stay with you forever.
As I step away from this format, it’s not easy — but it feels right. I’ve given it everything I had, and it’s given me back so much more than I could’ve hoped for.
I’m walking away with a heart full of gratitude — for the game, for the people I shared the field with, and for every single person who made me feel seen along the way.
I’ll always look back at my Test career with a smile.
#269, signing off.
🇮🇳❤️
कोहलीले २०११ मा वेस्ट इन्डीजविरुद्ध टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए र तीन वर्षपछि कप्तान बने। उनले ६८ टेस्ट खेलमा भारतीय राष्ट्रिय टोलीको कप्तानी गरे, जसमध्ये १७(२५%) खेलमा मात्र टोलीले हार ब्होर्यो, जुन भारतीय खेलाडीमध्ये सबैभन्दा धेरै हो।
५८.८२ प्रतिशतको जित प्रतिशत (४० जित, ११ ड्र) सहित कोहलीलाई भारतकै सबैभन्दा सफल रेड बल क्याप्टेन मानिन्छ।
कोहलीकै कप्तानीमा भारतले सन् २०१९ मा अस्ट्रेलिया विरुद्द अस्ट्रेलियामै पहिलो पटक सिरिज जितेको तियो।
उनले अन्तिम टेस्ट यहीँ वर्ष अष्ट्रेलियाको सिड्नीमा बर्डर–गवस्कर ट्रफी अन्तर्गत खेलेको थियो — ती खेलमा होस्ट टोलीले छ विकेटले विजयी हासिल गरी शृङ्खला ३–१ ले आफ्नो पक्षमा पारेको थियो।
कोहलीको टेस्ट रेकर्ड :
खेल : १२३
रन : ९२३०
उच्च स्कोर : २५४*(नट आउट, दक्षिण अफ्रिका, २०१९ )
औशत : ४६ . ८५
शतक : ३०
अर्धशतक : ३१
कोहलीले सन्२०२४ को टि२० वर्ल्डकप जितेपछि टि२० फर्म्याटबाट सन्यासको घोषणा गरिसकेका छन्।