स्कटल्याण्ड भ्रमणका लागि नेपाली टोली घोषणा, को – को परे त ?

सातौँ आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तरगत स्कटल्याण्ड भ्रमणका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको १५ सदस्यीय टोली घोषणा भएको छ।

नवनियुक्त मुख्य प्रशिक्षक स्टुअर्ट लेलेले रोहित पौडेलको कप्तानीमा टोली छनोट गरेका छन्। दीपेन्द्र सिंह ऐरी उपकप्तान राखिएका छन्। विकेटकिपरद्वयमा आसिफ शेख र अनिल कुमार शाह रहेका छन्। कुशल भुर्तेल, भीम सार्की र आरिफ शेख ब्याटरको रूपमा छनोट भएका छन्।

अलराउन्डरमा गुलशन झा र बसीर अहमदलाई स्थान दिइएको छ। बलरमध्ये सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल र ललित नारायण राजवंशी चयनमा परेका छन्।

त्यस्तै, लिग–२ सिरिजपछि हुने तीन खेलहरूको टी२० अन्तर्राष्ट्रिय श्रृंखलाका लागि क्यानले किरण ठगुन्ना र लोकेश बमलाई ब्याटिङ विभागबाट तथा रूपेश सिंहलाई अलराउन्डरका रूपमा समावेश छन्।

नेपालले स्कटल्याण्डमा मुख्य लिग–२ सिरिज अघि दुई अभ्यास खेल खेल्नेछ। त्यसैगरी, लिग–२ म्याचहरू जुन २ र जून ८ मा स्कटल्याण्डसँग तथा जुन ४ र जून १० मा नेदरल्याण्ड्ससँग हुने तय भएका छन्।

टोली :

रोहित पौडेल (कप्तान)

आसिफ शेख

कुशल भुर्तेल

अनिल कुमार साह

भीम सार्की

आरिफ शेख

बशिर अहमद

गुल्शन कुमार झा

दीपेन्द्र सिंह ऐरी (उपकप्तान)

सन्दीप लामिछाने

सोमपाल कामी

करण केसी

ललित नारायण राजवंशी

नन्दन यादव

रिजन ढकाल

टी-२० आई टोलीमा थप खेलाडीहरु :

किरण ठगुन्ना, रुपेश कुमार सिंह, लोकेश बम

प्रकाशित : शनिबार, बैशाख २७, २०८२१७:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :