कटारी (उदयपुर) : कटारी नगरपालिकामा चट्याङ लागेर बालकको मृत्यु भएको छ ।
कटारी–८ फूलबारीका १३ वर्षीय बालक चित्रबहादुर बलम्पाकी मगरको मृत्यु भएको वडाध्यक्ष नवीन तामाङले जानकारी दिए।
सोमबार दिउँसो बाख्रा चराउन गएका चित्र साँझसम्म घर नफर्किएको र बेलुकी खोजी गर्न जाँदा ढलिरहेको अवस्थामा फेला परेका थिए ।
“साँझ बाख्रा आए पनि छोरा नआएपछि बुबा मानबहादुर खोज्न गएका रहेछन्”, वडाध्यक्ष तामाङले भने, “खोज्न जाँदा वनमै चट्याङ लागेर ढलेको अवस्थामा भेटिएछन् ।”
इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईँले घटनाको थप अनुसन्धान हुने जानकारी दिए।
बैशाख २६ गतेसम्मको साप्ताहिक राशिफल
काठमाडौँ : – हरेक दिन ग्रह-नक्षत्रको स्थितिमा हुने परिवर्तनको कारण केही राशिलाई शुभ हुनेछ भने केही राशिलाई अशुभ हुनेछ। जब ग्रह-नक्षत्रको स्थितिमा परिवर्तन आउँछ त्यसको प्रत्यक्ष प्रभाव १२ राशिमा पर्ने गर्दछ। जान्नुहोस् यस साता कुन राशिलाई शुभ हुनेछ भने कुन राशिका व्यक्तिले समस्याको सामना गर्न पर्ने हुन्छ ?
साताको राशिफल : – बैशाख २० गतेदेखि बैशाख २६ गतेसम्म
साताका चाड : – वैशाख २१ गते गंगोत्पत्त / गङ्गा सप्तमी/रवि सप्तमी ब्रत ।।। वैशाख २२ गते पशुपतिनाथमा दमन पुष्पार्पण/गोरखकाली पूजा/ अष्टमीब्रत ।।। वैशाख २३ गते सीता जयन्ती ।।। वैशाख २५ गते मोहिनी एकादशी व्रत ।।। वैशाख २६ गते प्रदोष व्रत ।।।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
साताका शुक्रबारबाहेकका दिन राम्रा खालका छन्। सामान्य खालको आम्दानी भई नै रहला। सन्तानको शिक्षाका लागि नै बढी खर्च गर्नुपर्नेछ। व्यावसायिक कामबाट सोचेभन्दा कम मात्र आय आर्जन होला। गणेशको दर्शन गरिरहनुहोस्। परिवारसँग समय बिताउनाले मन प्रसन्न हुनेछ। नयाँ जिम्मेवारी लिनु अघि विचार गर्नुहोस्। स्वास्थ्यप्रति सचेत रहनुहोला। यात्रा गर्दा सवारी साधनको सुरक्षामा ध्यान दिनुहोस्। साथीभाइको साथले हिम्मत बढ्नेछ। अडिएको काम बिस्तारै अगाडि बढ्नेछ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
साताको सुरुमा निकै खर्च हुनेछ। मङ्गल कार्यका लागि नै खर्च गर्नुपर्ला। मित्र र नातेदारसँग भेट हुने समय छ। उनीहरूले दिएको सल्लाहले पनि निकै काम गर्ला। प्राविधिक खाले कामबाट त्यति ठूलो उपलब्धि होलाजस्तो छैन। केही नयाँ योजना बनाउने अवसर मिल्नेछ। पुराना साथीहरूसँग पुनः भेटघाट हुनेछ। छोटो यात्राबाट लाभ लिन सकिनेछ। मनमा नयाँ उमङ्ग जाग्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। आत्मबल बलियो रहनेछ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
सातामा चिन्ता प्रशस्त पर्ला। निश्चय गर्न सक्ने शक्तिको कमी छ। भित्रैदेखि सहयोग गर्ने मित्रको सङ्ख्यासमेत कम देखिन्छ। पारिवारिक तनाव परी नै रहला। देवीको आराधना नगरीकन त्यसलाई सामना गर्न सकिने छैन। धेरै वा थोरै व्यावसायिक लाभ भने भई नै रहला। स्वास्थ्यमा सामान्य उतारचढाव आउन सक्छ। नयाँ अवसरहरूमा ढुक्क भएर नलाग्नुहोस्। घरायसी खर्चमा नियन्त्रण गर्नुहोला। बोलीमा सजगता अपनाउनुहोस्। आत्मविश्वासमा कमी आउन नदिन ध्यान दिनुहोस्।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
सातामा नेतृत्व शक्ति कम भए पनि बौद्धिक शक्ति प्रचुर मात्रामा छ। यसैले तपाईंलाई सहयोग दिनेछ। पढाइमा प्रगति नै होला। परिवारबाट पाइने सहयोगमा कमी छैन। व्यापारी वर्गका लागि पनि समय राम्रो छ। बिहीबार भने बढी खर्च होला। घरमा कुनै नयाँ काम थालनी गर्न सकिनेछ। प्रेम सम्बन्धमा सुधार आउनेछ। आध्यात्मिक रुचिमा वृद्धि हुनेछ। दैनिकीमा सन्तुलन ल्याउने प्रयास गर्नुहोस्। नयाँ योजना बनाउन उपयुक्त समय हुनेछ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
साता राम्रो खालको छ। यात्रा भए पनि फाइदा नै हुनेछ। स्वास्थ्यका बारेमा पनि सतर्क हुनुहोस्। आफ्नो एवं परिवारको स्वास्थ्यले खर्च गराइरहला। जागिरमा राम्रो भए पनि पढाइमा कमी छ। निश्चय गर्न सक्ने शक्तिको न्यूनता देखा पर्छ। साथीहरूसँग सम्बन्धमा सुधार आउनेछ। घरपरिवारमा खुसीयाली छाउनेछ। प्रेम सम्बन्ध प्रगाढ हुनेछ। आत्मबल बढाउने उपायहरू अवलम्बन गर्नुहोस्। नयाँ व्यवसायिक प्रस्ताव आउन सक्छ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
साताका सुरुका दुई दिन त्यति राम्रा छैनन्। अनेकौँ बाधा र झन्झट सहनु पर्नेछ। सोमबारदेखि मात्र राम्रो होला। धार्मिक कार्य गर्ने मनसाय भए पनि त्यसलाई पूरा गर्न गाह्रो छ। गणेशको दर्शन गरिरहनुहोस्। शिक्षाको क्षेत्रमा हाल मध्यम स्थिति देखा पर्छ। पारिवारिक जिम्मेवारी बढ्न सक्छ। प्रेम प्रसंगमा धैर्यता आवश्यक छ। पुराना योजनाहरू पुनः सक्रिय हुन सक्छन्। खर्चमा सन्तुलन ल्याउनु होला। काममा नयाँ अवसरहरू देखिन सक्छन्।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
यो साता खर्च घटाउन सकिने छैन। अनेकौँ परिबन्ध परेर सञ्चित धनको नोक्सानी होला। यात्राको सम्भावना भए पनि फलदायी यात्रा भने हुने छैन। बाधा दिने तत्वहरू प्रशस्त छन्। परिवारमा समेत कचिङ्गल भई नै रहला। इन्द्राणीको दर्शन गरिरहनुहोस्। मित्रताको क्षेत्रमा केही कठिनाइ आउन सक्छ। काममा मन नलाग्ने अवस्था आउन सक्छ। घरको वातारणमा थोरै मतभेद हुन सक्छ। सकारात्मक सोच राख्न प्रयास गर्नुहोस्। नयाँ स्रोतबाट आम्दानी बढ्ने सम्भावना छ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
त्यति राम्रो साता छैन। अनेकौँ बाधा र व्यवधान सहनु पर्ला। सम्मान र व्यक्तित्वमा हिलो छ्याप्न खोज्ने धेरै छन्। स्वास्थ्यको समस्याले पनि मानसिक चिन्ता बढाउला। देवीको आराधनाले मात्र त्यसलाई समन गर्न सकिनेछ। नोकरीका बारेमा समेत चिन्ता बढ्ला। पारिवारिक सम्बन्धमा सुधार ल्याउन प्रयास गर्नुहोस्। शत्रु पक्षबाट सावधान रहनुहोस्। बचतमा ध्यान पुर्याउनुहोस्। नयाँ चुनौतीहरूको सामना गर्न तयार हुनुहोस्। आफन्तसँग सल्लाह गरेर निर्णय लिनुहोस्।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
अलिकति ढिलो भए पनि सातामा गरेका काम बन्नेछन्। मित्रको सहयोग मिलिरहला। त्यस्तै बौद्धिक प्रतिभासमेत बढ्दै गएको छ। मुद्दामामिलामा तपाईंकै विजय हुनेछ। लामो भ्रमणको सम्भावना भने हाल कम मात्र छ। भैरवको दर्शन गर्नुमा कल्याण देखिन्छ। पढाइमा राम्रो प्रगति हुनेछ। स्वास्थ्य सन्तोषजनक रहनेछ। खर्चमा नियन्त्रण गर्न सकिनेछ। व्यवसायमा नयाँ अवसरहरू देखिनेछन्। आत्मविश्वास बलियो रहनेछ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
सातामा खर्च त घट्ने छैन तर गरेका काम बन्नाले मन प्रसन्न होला। स्वास्थ्यको स्थिति पहिलेको भन्दा सप्रिएको छ। बौद्धिक क्षेत्रमा समेत तपाईंको मान प्रतिष्ठा बढ्ला। व्यापारी वर्गका लागि राम्रो समय छ। पीपलमा जल भने नित्य चढाइरहनुहोस्। नयाँ श्रोतबाट धन आर्जन हुन सक्छ। वैदेशिक क्षेत्रबाट समाचार आउने सम्भावना छ। परिवारमा सुखद वातावरण बन्न सक्छ। प्रेम प्रसंगमा सफलता मिल्नेछ। नयाँ सुरुवातका लागि अनुकूल समय छ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
मध्यम खालको साता छ। आधा काम बन्ला भने आधा बाँकी नै रहनेछ। शिक्षाको क्षेत्रमा सोचेको जति प्रगति देखिँदैन तर पूर्ण निराशा भने लिनुपर्ने छैन। व्यापारका सम्बन्धमा पनि मनमा डर लागिरहला। मित्र सहयोग कत्ति पनि घट्ने छैन। नयाँ स्रोतबाट सानो लाभ उठाउन सकिनेछ। स्वास्थ्यका मामिलामा सजग रहनुहोस्। यात्रामा विलम्ब हुन सक्छ। आत्मबलको विकासका लागि ध्यान गर्न उपयुक्त छ। खर्चमा सन्तुलन कायम राख्नुहोस्। सन्तानबाट सन्तोषजनक खबर आउनेछ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
साताका बुधबार र बिहीबार स्वास्थ्यका लागि हानिकारक छ। बाँकी दिनमा निकै काम गरिएला। पढाइमा प्रगति हुनेछ। जागिरबाट ठूलो आस नगर्नुहोस्। मित्र एवं परिवारको सहयोगले मात्र काम गर्न सकिनेछ। महाँकालको आराधनाले सामुन्ने आएका समस्यालाई टार्न सकिनेछ। आम्दानीमा सामान्य वृद्धि हुनेछ। घरको वातावरणमा शान्ति छाउनेछ। विदेश यात्रा सम्बन्धी योजना बन्न सक्छ। साना लगानीबाट लाभ उठ्न सक्छ। बोलीमा मिठास कायम राख्नुहोस्।